नेपाली सेनाद्वारा स्वास्थ्य शिविर सञ्चालन


जाजरकोट / नेपाली सेनाले जाजरकोटको छेडागाड नगरपालिका–५ बडावनमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
उक्त शिविरमा २५८ जनाले उपचार सेवा लिएको भवानी दल गण मालिका ब्यारेक जाजरकोटले जनाएको छ ।
छेडागाड नगरपालिका, स्वास्थ्य सेवा कार्यालय जाजरकोटको सहकार्यमा भएको शिविरमा ५२ प्रकारका औषधिहरू निःशुल्क वितरण गरिएको प्रमुख सेनानी गोविन्द थापाले जानकारी दिनुभयो ।
बाल रोग , महिलारोग , दिर्घरोग , हाड जोर्नी विज्ञ , जनरल फिजिसियनद्धारा १५८ महिला र १०० जना पुरुषले सेवा लिएको सेनाले जनाएको छ ।









