निशुल्क रगत उपलब्ध गराउन रेडक्रसँग बीरेन्द्रनगर नगरपालिकाको सम्झौता

सुर्खेत ,१९ जेठ ः कर्णाली प्रदेश अस्पताल तथा अन्य अस्पतालमा उपचार भइरहेका बिरामीलाई निशुल्क रगत उपलब्ध गराउन रेडक्रस सुर्खेतसँग बीरेन्द्रनगर नगरपालिकाले सम्झौता गरेको छ ।

मङगलबार बीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकाल र रेडक्रस सुर्खेतका सभापति रामलाल आचार्यको बीचको सम्झौता पत्रमा हस्ताक्षर भएको हो । रु १० लाख रकम नगरपालिकाले उपलब्ध गराउने गरि सम्झौता भएको नगरवप्रमुख ढकालले बताउनुभयो ।

उहाँले भन्नुभयो , “ यो कार्य निरन्तर हुने छ । यो वर्ष सरुवात भएको छ हामी यसलाई व्यवस्थित बनाएर लैजाने छौँ । प्रदेश भरीका विरामीले निशुल्क रगत पाउने छन् । ”





error: Content is protected !!