कर्णालीको पूर्वाधार विकासमा बजेट मार्फत यस्ता विषय समेटिय

सुर्खेत ,१५ जेठ ः अर्थमन्त्री स्वर्णिम वाग्लेले आज बजेट भाषण मार्फत कर्णालीको पूर्वाधार निर्माणमा दर्जनौ आयोजनाहरु बजेट बिनियोजन गरेको बताउनुभयो ।

कर्णाली राजमार्ग अन्तरर्गत सुर्खेत– जुम्लाका सडक निर्माणका लागि रु १ अर्ब रकम बिनियोजन भएको भएको छ । आज अर्थमन्त्री अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलेले बजेट भाषण गर्दै उहाँले यो बताउनभएको हो ।

कर्णाली राजमार्गमा ३१ किलोमिटर कालोपत्रे तथा ग्रावेल हुने उहाँले जानकारी दिनुभयो । जाजरकोटको बारेकोट गाउँपालिका –३ मुलसाम , जुम्लाको टोप्लामा सुरुङ मार्ग निर्माण गर्नका लागि सर्वेक्षण गरिने उहाँले जानकारी दिनुभयो । जाजरकोट र रुकुममा भूकम्प पीडितका लागि आवास निर्माण हुने उहाँले जानकारी दिनुभयो । ४१७ नलगाड को अध्ययन प्रक्रिया लिइने उहाँले जानकारी दिनुभयो । कर्णालीमा राष्ट्रिय प्रशारणको कामलाई निरन्तरता दिइने छ ।

उहाँले भन्नुभयो , “मध्यपहाडी लोकमार्ग, पुष्पलाल लोकमार्ग, कर्णाली कोरिडोर, भेरी कोरिडोर, जुम्लाहुँदै रारा र फोक्सुण्डोसम्मको कर्णाली चतुर्भुजमा जडिबुटी, जलविद्युत्, पर्यटन र खानीजन्य क्रियाकलापलाई प्रश्रय पाउने व्यवस्था मिलाउनेछौँ । ”

कर्णाली नदीलाई व्यवस्था गर्नका लागि बजेट व्यवस्था गरिएको छ । कर्णालीमा गुणस्तरिय सञ्चारका लागि बजेटको व्यवस्था गरिएको छ । सुर्खेतमा १० औँ खेलकुदका लागि आवश्यक बजेट बिनियोजन गरिएको छ । त्यस्तै कर्णालीमा टेलिमेडिसिन सेवा सुचारु गरिने भएको छ ।

कर्णालीमा एयर एम्वुलेन्स सेवा सुचारु गरिने भएको छ । स्याउ , र औखर जोन तथा चिस्यान बनाउने काम हुने छ । हुम्लाको हिल्सामा पशु क्वारेन्टाइन सेवा सञ्चालन हुने छ । कर्णालीमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गरिने भएको छ । काक्रेविहार ,पञ्चकोसी , रारा , प्रदेशीक सडक निर्माण हुने भएको छ । कर्णालीका दलित बस्तीलाई घरबास कार्यक्रम सञ्चालन गरिने भएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रदेश सरकारसँगको सहकार्यमा सुर्खेत विमानस्थल विस्तार गर्ने योजना अघि सारेका हुन् । यस्तै, मन्त्री वाग्लेले मुगुको ताल्चा विमानस्थल स्तरोन्नतिको योजनासमेत अघि सारेका छन् ।

संघीय सरकारले दैलेखको भैरवी गाउँपालिका– १, जलजलेमा फेला परेको पेट्रोलियम पदार्थलाई व्यावसायिक उत्पादन थाल्ने घोषणा गरेको छ ।

शुक्रबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०८३÷०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम अन्वेषणबाट प्राप्त तथ्यका आधारमा व्यावसायिक उत्पादन थाल्न आवश्यक बजेट व्यवस्थापन गरेको बताउनुभयो ।





error: Content is protected !!