संविधान अनुसार राज्यका सबै संयन्त्र परिवर्तन भए मात्र गणतन्त्र स्थापित हुन्छ ः मुख्यमन्त्री कँडेल

सुर्खेत ,१५ जेठ ः कर्णालीका मुख्यन्त्री यामलाल कँडेलले संविधान अनुरुप राज्य संयन्त्रमा भएका परिवर्तन सबै जनताले अनुभूत गर्न सक्ने गरी कार्यान्वयन भएमा मात्र गणतन्त्रको औचित्य स्थापित हुने बताउनुभयो ।

१९ औँ गणतन्त्र दिवसको अवसरमा बोल्दै भन्नुभयो ,“ संविधान ,कानुनमा उल्लेखित अधिकारको प्रयोग गर्न सक्नेगरी जनता सक्षम नहुँदासम्म गणतन्त्रले सार्थक रुप लिन सक्दैन । जनतालाई केन्द्र बिन्दुमा राखेर जनताको इच्छा र जनताका लागि सञ्चालित हुने अभ्यासले नै गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउछ । गणतन्त्र विगतका अन्य कुनै प्रणालीभन्दा शासन व्यवस्थाका हिसावले मात्रै नभएर आचरण र व्यवहारले पनि उन्नत र परिस्कृत प्रणाली हो । त्यसैले गणतान्त्रिक व्यवस्थामा हाम्रा आचारण र व्यवहार उन्नत तथा सुसंस्कृत हुनुपर्दछ ।”


जनता साँचो अर्थमा सार्वभौम बनेको यो दिन नेपालको राजनीतिक इतिहासको महत्वपूर्ण र अविस्मरणीय दिन भएको स्मरण गर्दै उहाँले जनताले सफलता प्राप्त गर्नुका साथै जनता विजयी भएको महान उत्सवका रुपमा लिएको बताउनुभयो ।

विगतमा राजनीतिक व्यवस्था परिवर्तनमा दलहरूबीचमा देखिएको सहमति, सहकार्य र एकताको भावनालाई आत्मसात गर्दै अव मुलुकको विकास र संमृद्धिमा पनि दलहरुबीच साझा सहमतिको विकल्प नभएको उहाँको भनाई रहेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधानको जगमा बनेको संघीय सरकारले गणतन्त्रको थप सुदुढीकरणमा दलहरुबीच सार्थक संवाद र सहकार्य बढाउनु अहिलेको आवश्यकता रहेको औल्याउदै त्यसतर्फ ध्यान दिन आग्रह गनुभयो ।





error: Content is protected !!