बारेकोट गाउँपालिकाद्धारा अगुवा किसानलाई गोठालो भत्ता

सुर्खेत  ,२६ जेठ ः जाजरकोटको बारेकोट गाउँपालिकाले अगुवा किसानलाई गोठालो भत्ता उपलब्ध गराएको छ ।

गाउँपालिकाले ३५ जना किसानलाई रु ८ हजार ५७१ रुपैयाँका दरले गोठाला भत्ता उपलब्ध राएको हो । रु २ लाख ९९ हजार ९८५ रुपैयाँ अगुवा किसानलाई गोठाला भत्ता उपलब्ध गराएको पालिकाका अध्यक्ष बीरबहादुर गिरीले जानकारी दिनुभयो

उहाँले भन्नुभयो ,“ पशुपालन किसानहरुलाइ ब्यसायमा थप उत्पेरणा जगाउन धेरै पशुपाल्ने किसानहरुका लागि हामिले लागू गरेको गोठालो भत्ता कार्यक्रमबाट यो आर्थिक बर्षमा अगुवा किसानहरुले भत्ता दिइएको छ ।”बारेकोट जाजरकोटमा सबै भन्दा बढी पशुपालन हुने क्षेत्र हो ।





error: Content is protected !!