सल्यान डोप्केमा खानेपानी समस्या

इन्द्र बुढाथोकी
सल्यान ८ बैशाख । सल्यानको पश्चिम बनगाड कुपिण्डे नगरपालिकामा ४ डोप्केमा खानेपानीको समस्या भएको छ । कोरोना भाइरसको सन्त्रासभन्दा पनि सल्यानका स्थानीयलाई भने खानेपानीको पिरलोले बढी सताउन थालेको छ ।

देशमा लकडाउन भएको र कोरोनाका कारण कसैको घरमा नजाने भिडभाड नगर्न सरकारले भने पनि खानेपानी कारणले भिडभाड जानू पर्ने बाध्यता रहेको स्थानीयले बताएका छन । दैनिक ५० लिटर खानेपानी पालो लगाए लिने गर्दछौ तर पनि घरमा रहेका गाई भैंसी लगाएतका बस्तु भाउलाई खुवाउने कि आफुहरुले खाने समस्या भएको बताएका छन ।

बलतल्ल मान्छेलाई खानेपानी नपुग्ने, नुहाउने कपडा धुने देखि शौचालयमा प्रयोग गर्ने कि अहिले आएको कोरोना बाट बच्नलाइ दैनिकी १५/१६ पटक साबुन पानीले हातमुख धुदा त पानीनै पुग्दैन कसरी सरसफाइ गर्ने भनेर आफुहरुलाइ पिरोली रहेको बनगाड कुपिण्डे नगरपालिका ४ डोप्केकि रुमा बुढाले बताइन । कोरोना भाइरसको भन्दा आफुहरुलाइ कति बेला पानी भर्ने र घरको काम गर्ने भन्ने चिन्ता लागेको उनले बताएकी छन ।

बनगाड कुपिण्डे नगरपालिका १२ वटै वडाका अधिकास डाडाकाडाका बस्तिहरुमा खानेपानी समस्या हुने गरेको छ ।
सुक्खा मौसमसँगै खानेपानीका मुहान सुक्न थालेपछि गाउमा खानेपानी हाहाकार भएको छ । बनगाड कुपिण्डे नगरपालिका वडा न ४ डोप्केका दुर्गा बस्नेतले भने गाउका ६५ घरधुरीलाई खानेपानी कहाँबाट ल्याउने भन्ने चिन्ताले सताउन थालेको छ । एक गाग्री पानीका लागि दिनभर बिताउनुपर्ने बाध्यता रहेको उनले बताए । बालबालिकालाई पढाइभन्दा खानेपानी भर्नमा पढी प्रयोग हुने भएकोले पढाइलाई समेत बढी प्रभाव हुने गरेको छ ।

यस्तो समस्या प्रत्येक वर्षौदेखि बेहोर्दै आइरहेको उनले बताए । ‘एकातिर कोरोनाको डर, अर्कोतिर बस्तुभाउ त परै जाओस् मानिसले खाने पानी कहाँबाट ल्याउने भन्ने छ,’ उनले भने । गाउँबाट करिब दुई किलोमिटर टाढा रहेको डाबखोला मुहान बाट पाइपमा पानी ल्याएको सानो पानीको मुहानका कारण गाउमा पानी नपुग्ने भएकोले अनेत्र बाट पानी ल्याउने कुनै ठाउँमा नहुदा समस्या भएको बस्नेतले बताएका छन ।

देशमा तीन तहको सरकार हुदा पनि आफुहरुलाइ कहिले पनि खानेपानीको लागि बजेट नदिएको दुर्गा बस्नेतले दुखेसो गरेका छन ।वषौंदेखि खानेपानीको हाहाकार हुँदा पनि कसैले सम्बिन्धि निकायले कुनै वास्ता नगरेको झलक बुढाले बताए । उनले पनि भने, ‘खानेपानीको व्यवस्था गरिदिन नगरपालिकालगायत सबै ठाउँमा धाइयो, तर कहीँ कतैबाट पनि हाम्रो समस्या समाधान हुन सकेन ।’

खानेपानीको समाधानको उपाय भनेको लिफ्ट मात्र भएको र धेरै बजेट लाग्ने भएकोले कुनै निकाय बाट पहल नभएको उहाले बताउनु भएको छ ।





error: Content is protected !!