कोरोना विरुद्ध एक भएर अघि बढ्नु पर्नेमा जोड

काठमाडौं ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालयको बैठकले पार्टीलाई अझ एकताबद्ध बनाउन तथा कोरोना संक्रमण विरूद्द जारी लडाइमा सिङ्गो मुलुक एक ढिक्का भई अघि बढ्नुपर्ने आवश्यकतामा विशेष जोड दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड“को संयुक्त अध्यक्षतामा बसेको बैठकमा आज जारी गर्न मन्त्रिपरिषदले निर्णय गरी अघि बढाएका अध्यादेशहरूको बारेमा छलफल भएको बैठक पछि जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशहरू जारी गर्ने निर्णय गर्नुको औचित्यबारे बैठकलाई जानकारी गराउनुभएको र तत्पश्चात् अन्य नेताहरुले यससम्बन्धी विधि, प्रक्रिया र समय सन्दर्भ लगायतमा आआफ्नो धारणा राख्नुभएको थियो ।
छलफलकै बीचमा राष्ट्रपतिबाट अध्यादेश जारी भएको सूचना प्राप्त भयो पनि जारी विज्ञप्तिमा उल्लेख छ ।





error: Content is protected !!