रामपुरमा आरडीटी परिक्षण ः नेगेटिभ रिर्पोट आएपछि घर पठाइयो

सुशीला रेग्मी

वैशाख ८ रामपुर पाल्पा  , पाल्पा रामपुरको क्वारेन्टाइन कक्षमा बसेका तीन जनाको ¥यापिड डाइगोनष्टिक (आरडीटी टेष्ट) परिक्षण गरिएको छ । रामपुर नगरपालिका ५ मा रहेको बालकल्याण प्राथमिक विद्यालयको क्वारेन्टाइनमा बसेका दुई जना र वडा नं ३ को जनविकास मावि रजघराको क्वारेन्टाइन कक्षमा बसेका एक जनाको ¥यापिड डाइगोनष्टिक (आरडीटी टेष्ट) परिक्षण गरिएको हो ।

बालकल्याण प्राविमा बसेका ३५ वर्षीय सुनिल नेपाली र उहाँका छोरा ६ वर्षीय शिव नेपाली, जनविकास माविमा बसेका धनेन्द्र घिमिरेको आरडीटी परिक्षणमा रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको नगरपालिकाका स्वास्थ्य अधिकृत तीर्थप्रसाद ढुंगानाले जानकारी दिनुभएको छ । ¥यापिड डाइगोनष्टिक (आरडीटी टेष्ट) परिक्षण पश्चात तीन जनालाई एक हप्ताको होम क्वारेन्टाइनमा सुरक्षित साथ रहेर बस्न आग्रह गरेको स्वास्थ्य अधिकृत ढुंगानाले बताउनुभएको छ ।

रामपुर अस्पतालका ल्याव असिस्टेन्सन मनोज सुवेदी, रामपुर नगरपालिकाका नर्सिङ अधिकृत कमला श्रेष्ठ, पुनम धिताल, शहरी स्वास्थ्य केन्द्र रामपुुर ५ मटेरीका स्वास्थ्यकर्मी रिता खण्डलुक, सामुदायिक स्वास्थ्य केन्द्र रामपुर ३ रजघराका स्वास्थ्यकर्मी चेतना गाहा सहितको टोलीले आरडीटी परिक्षण गरेको हो ।

रामपुर नगरपालिका ५ को बालकल्याण प्राविको क्वारेन्टाइनमा बाँकी छ जना नागरिक रहेका छन् । क्वारेन्टाइनमा बसेका सबै नागरिकको खाने बस्ने प्रबन्ध नगरपालिकाले गरेको र बेला बेलामा स्वास्थ्य परिक्षण कार्य भइरहेको वडा अध्यक्ष हिमाल मल्ल बताउनुहुन्छ । यसभन्दा अगाडी नौ जना नागरिकलाई समय अवधी पुरा भएपछि आरडीटी परिक्षण गरेर घर पठाइसकिएको छ । उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य, वडा अध्यक्ष हिमाल मल्ल, वडा सदस्यहरु सावित्रा गौतम, विष्णुप्रसाद बस्याल र काशिनाथ रेग्मी, पत्रकार, सुरक्षाकर्मी लगायतको रोहबरमा आरडिटी परिक्षण गरिएको हो ।





error: Content is protected !!