आठविसकोटमा विपन्न परिवारलाई खाद्यान्न वितरण शुरु

डिल्लीराज विश्वकर्मा

रुकुम पश्चिम ः आठविसकोट नगरपालिकाले अति विपन्न घर परिवारलाई खाद्यान्न सामग्री वितरण शुरु भएको छ ।
लकडाउका कारण प्रत्यक्ष मारमा परेका देनिक मजदुरी गरेर जिविको पार्जन गर्दै आएका श्रमिक तथा असाहय अति विपन्न घरपरिवारलाई नगरपालिकाले राहत स्वरुप खाद्यन्न विरतण गर्न शूरु गरेको हो ।
आइतबार वडा नम्बर ९ बाट राहत वितरण शुरु गरेको बताउँदै नगर प्रमुख गोर्ख बहादुर केसीले नगरपालिकाका ७ सय २३ विपन्न घर परिवारलाई खाद्यन्न सामाग्री विरतण गरिने बताउनुभयो ः
उहाँका अनुसार प्रति घरपरिवारलाई ३० किलो चामल, ३ किलो दाल, २ लिटर तेल, २ किलो चिनी, २ प्याकेट नुन र चार वटा साबुन वितरण गर्न थालिएको छ । यस्तै नगर प्रमुख केसीले बाहिरी जिल्लाबाट नगरपालिमा मजदुर गर्न आएका श्रमीकहरुलाई पनि खाद्यान्न वितरण गर्ने जानकारी दिनुभयो ।
नगरपालिकामा मजदुरीका लागी आएका र लकडाउका कारण घर जान नपाएका करिव ६० जना श्रमीकहरुलाई पनि नगरपालिकाले राहत स्वरुप खाद्यन्न विरतण गर्न लागेको उहाँले बताउनुभयो । ति व्यत्तिहरुको पहिचान गरी राहत विरतण गर्ने उहाँले जानकारी दिनुभयो ः
यसैविच नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत ध्रुव प्रसाद लम्सालका अनुसार राहत पाउने अति विपन्न परिवार सबै भन्दा बढी वडा नम्बर ११ मा रहेका छन । वडा नम्बर ११ का १ सय १ जना विपन्न परिवरलाई राहत विरतण गरिने कार्यकारी अधिकृत लम्सालले बताउनुभयो ।
उहाँका अनुसार सबै भन्दा कम वडा नम्बर १ का ३१ घर परिवारले खाद्यन्न सामाग्री पाउने छन । साविकको स्याँलाखदी गाविस वडा नम्बर १,२ र ३ मा भने राहत सामग्री ढुवानी गर्न कठिन भएको छ । अहिले सम्म पनि झारमारे लेखमा हिउँ जमेका कारण वडा सम्म खाद्यन्न सामग्री ढुवानी गर्न समस्या भएको वडा नम्बर १ का प्रशासन सहायक चक्र बहादुर डिसीले बताउनुभयो ।
यता नगर प्रमुख केसीले भने स्याँलाखदीमा खाद्यन्न सामग्री कसरी ढुवानी गर्ने विषयामा वडा अध्यक्षहरु सँग छलफल भैरहेको जानकारी दिनुभयो । झारमारे लेखमा जमेको हिउँ पन्छाएर भएपनि सामान ढुवानी गर्ने तयारी भैरहेको उहाँको भनाई छ ।
सबै भन्दा पहिले वडा नम्बर ९ ले राहत स्वरुप खाद्यन्न वितरण शुरु गरेको हो । वडाका ५७ घरपरिवारलाई खाद्यन्न विरतण भैरहेको वडा अध्यक्ष तारक बहादुर शाहीले बताउनुभयो । नगरपालिकाले वडा कार्यालय मार्फत रात विरतण गर्न थालेको हो । अन्य वडाले पनि छिटटै वितरण गर्ने तयारी गरेका छन ।
७ सय २३ परिवारलाई प्रति प्याकेज २ हजार २ सय ९५ का दरले राहत उपलब्ध गराउँदा १६ लाख ५९ हजार २ सय रुपँैया खर्च हुने नगर प्रमुख केसीले बताउनुभयो ।।





error: Content is protected !!