कोभिड १९ ः ¥यापिड टेस्टका लागि स्वास्थ्य टोली खटाइयो

सुर्खेत (रासस)ः कर्णालीमा कोभिड–१९ सङ्क्रमण परीक्षण गर्न ¥यापिड डायग्नोष्टिक टेस्ट (आरडिटी) किटसहित स्वास्थ्यकर्मी गाउँ–गाउँमा खटिएका छन् ।

विदेशबाट फर्किएकाहरुमा कोरोनाको सङ्क्रमण भए÷नभएको तत्काल पत्ता लगाउन किटसहित स्वास्थ्यकर्मी सम्बन्धित जिल्लामा पुगिसकेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्वास्थ्य निर्देशक डा रीता भण्डारीले कर्णालीका सबै जिल्लामा गरी पाँच हजार किट नमूना सङ्कलन गरिने बताउनुभयो । उहाँका अनुसार आरडिटी विधिबाट परीक्षण गरिँदा भारतसहित तेस्रो मुलुकबाट फर्किएका सबैको अनिवार्य र कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी भेटिएमा उनीहरुलाई प्राथमिकता दिइनेछ । दैलेख र डोल्पामा किटसहित स्वास्थ्यकर्मी पठाउन बाँकी छ । दैलेख जिल्ला अस्पतालले स्वाब सङ्कलन गरेर प्रदेश अस्पताल सुर्खेत पठाउन गरेको छ ।

यसअघि उपकरण र दक्ष स्वास्थ्यकर्मीको अभावमा ‘थ्रोट स्वाब’ सङ्कलनमा समस्या भएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पिपिई, सर्जिकल मास्क, ग्लोब्स, सेनिटाइजरलगायतका अत्यावश्यक सामग्री उपलब्ध गराएपछि दु्रत परीक्षण ९¥यापिड टेस्ट० का लागि स्वास्थ्यकर्मी पठाउन सहज भएको बताइएको छ । कर्णालीमा हालसम्म कोरोना सङ्क्रमणका बिरामी फेला परेका छैनन् ।





error: Content is protected !!