वितेको एक वर्षमा कस्तो रह्यो जाजरकोट

एक वर्ष अर्थात ८ हजार ७ सय ६० घण्टामा जाजरकोट कस्तो रह्यो ? वन तथा वातावरणमन्त्रीको सक्रिया सहभागीतामा जाजरकोटमा फार्मेसी पढाई सुरु भयो । जसका कारण सयौँ विद्यार्थीहरु जिल्ला भित्र पढ्न पाउने भए । भेरी ज्ञानोदय क्याम्पसले वनको केही जग्गा पाएसँगै क्षेत्र विस्तार गर्र्यो । जाजरकोट –डोल्पा खण्ड भित्र पासागाड – दल्ली सम्मको सडक पिच गर्नका लागि प्रक्रिया सुरु भएको छ ।

पश्चिम जाजरकोटको मोर्क – शिवालय सडकमा पिचको काम सुरु भएको छ । प्रदेश सरकारले जाजरकोटमा नयाँ कार्यालय स्थापना गरी प्रदेशको उपस्थिति बढाएको छ । पुर्वी जाजरकोटको नलगाड , बारेकाट र कुशे गाउँपालिकालाई समेटेर वन मन्त्रालयबाट संरक्षित क्षेत्र घोषण गर्नका लागि अध्यायनको काम सुरु भयो । सवै स्थानीय तहले आफ्नो पालिका सम्म अस्थायी सडक निर्माण गरी मुकाम सम्म सडक जोडेका छन् । यसै वर्ष दुई जना प्रमुख जिल्ला अधिकारी फेरिए । नेपाल कम्यूनिष्ट पार्टी ( विप्लब समुह) को गतिविधि जाजरकोटमा व्यापक रह्यो । प्रदेशसभा सदस्य गणेसप्रसाद सिंहको पहलमा दल्लीमा प्राविधिक शिक्षालय स्थापना गरियो । सदरमुकाममा वृहत खानेपानीको काम जारी रहेको छ । नलगाड जलविद्युत आयोजनाको मुआव्जाको काम टुङ्गो लागि प्रक्रियामा गएको छ ।

डिपिआरको काम अन्तिम चरणमा पुगेको पाईएको छ । नलगाड नदी र झुर्मेखोलामा पुल निर्माणको काम समेत सुरु भएको छ । नलगाड नगरपालिकाले घर ,घरमा अण्डा, सुत्केरीको घरमा झण्डा अभियानका साथै १४ वटा नमुना वस्तीको अभियान सुरु गरेको छ । भेरी नगरपालिकाले जातिय छुवाछुत अन्त्यको लागि अभियान सुरु गरिरहेको छ । मालिकामा भ्यूटावर निर्माणका लागि डिपिआर काम सम्पन्न भएको छ । जाजरकोट अस्पताललाई ५० शैयाको खास बनाउनका लागि भवन निर्माण गर्न बोलपत्र आवह्वान भएको छ । विकास खर्च निरासाजनक रहेको छ । सञ्चार क्षेत्रमा जिल्लाको खास प्रगती हुन सकेन । गाउँ , गाउँमा खाद्यान्नका नयाँ डिपोहरु स्थापना भए ।

वर्षायाममा केही मानवीय क्षेती भयो । विद्युतको ३३ केभी प्रशारणलाईनको ४ ठाउँमा प्रशारण सव स्टशेन निर्माणको काम मन्त्री वस्नेतकै डिजाईनमा सुरु भएको छ । १ वर्ष भित्र जाजरकोट सवै स्थानीय तहमा विद्युतिकरण गर्ने मन्त्रीको उदेश्य ५० प्रतिशत सम्पन्न भएको छ । दर्जनौ नयाँ स्वास्थ्य निर्माणको काम सुरु गरिए । बारेकोट गाउँपालिकाले शिशु र आमाको हेरचाहका लागि आमालाई गर्भबाट चिठी अभियान सुरु गर्र्यो ।

जिल्लाको सवै भन्दा बढी सुरक्षित सुत्केरीको उच्च अंक समेत बारेकोट गाउँपालिकाले ल्यायो । भेरी नगरपालिकाले गहुँको बीउ देखि तरकारीको बीउ उत्पादनका लागि काम सुरु गरेको छ । नलगाड नगरपालिकाले महको पकट क्षेत्र , लसुनको पकेट क्षेत्र र टिमुरको लागि नयाँ अभियान सुरु गरेको छ । जुनिचाँदे गाउँपालिका र जुनिचाँदे गाउँपालिकाले टिमुर खेतीलाई प्राथमिकता दिएका छन् ।

शिवालय गाउँपालिकाले सवै वडामा आफ्नै कार्यालय स्थापनाका लागि भवन निर्माणको काम सुरु गरेको छ । सदरमुकाम सुनसान गाउँमा चहलपहल बढेको पाईएको छ ।

 





error: Content is protected !!