सभापती केसीले वितरण गरे मास्क र साबुन वितरण

रुकुम (पश्चिम)को आठविसकोट नगरपालिकामा नेपाली काँग्रेसका एक युवा नेताले पाँच सय जनालाई निशुल्क रुपमा मास्क र साबुन वितरण गर्नुभएको छ ।

जिल्लाको आठविसकोट नगरपालिका वडा नम्बर ७ का अर्जुन केसीले सोही वडाका पाँच सय जनालाई निशुल्क रुपमा मास्क र हात धुने साबुन वितरण गर्नुभएको हो । नेपाली काँग्रेस ७ नम्बर वडा कार्यसमितिका सभापती समेत रहनु भएका केसीले वडाका पाँच सय जना नागरिकलाई निशुल्क रुपमा मास्क र सावनु वितरण गर्नुभएको छ ।

विश्वभरी महामारीको रुपमा फैलिरहेको नोवल कोरोना भाइरस कोभिट १९ बाट नेपाल पनि उच्च जोखिममा रहेकाले वडाका बासिन्दाहरुलाई भाइरसको संक्रमनबाट बचाउन आफुले यस्तो कार्य गरेको केसीले जानकारी दिनुभयो ।

कोभिट १९ को जोखिम न्युनिरकण तथा रोकथामका घरमै पुगेर निशुल्क रुपमा ५ सय पिस मास्क र १५० वटा हात धुने साबुन वितरण गरिएको उहाँले बताउनुभयो । अझै पनि वडामा वितरण गर्न छुटेका नागरिकहरुलाई पनि मास्क र साबुन वितरण गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।।





error: Content is protected !!