अवरुद्ध भेरी –१ डीपीआर काम सुचारु

हेमन्त केसी
जाजरकोट ः चिनिया कामदारालाई दैनिक उपभोग्य सामग्रीको व्यवस्थापन भएपछि भेरी नदीमा डिपिआरको काम सुरु भएको छ ।

नेपालमा कोरोना भाईरस जोखिमका कारण लक डाउन भएको खवरले खाद्यान्न लगायतका अन्य सामग्री अभाव भएपछि चिनिया कामदारहरु काम छोडेका थिए । नलगाड जलविद्युत आयोजनाका ईन्जिनियर पदम थापाले चिनिया कामदारहरुलाई सवै व्यवस्थापन गरेपछि पुर्ण काममा खटिएको जानकारी दिनुभयो ।

चाइना गेजुवा पावर इन्भेष्टमेन्ट कम्पनी सात सय २१ मेघावाट जलविद्युत् उत्पादन क्षमताको भेरी–१ डीपीआर अध्ययन दुई वर्ष देखि जारी रहेको छ । कम्पनीले विस्तृत आयोजना प्रतिवेदन २ वर्षमा सम्पन्न गर्ने गरी केही समय अघिदेखि कार्य सुरु गरेको छ । गेजुवाले विद्युत् विकास समितिबाट इजाजत लिएर उक्त कार्य सुरु गरेको हो। कम्पनीले डीपीआरका लागि जाजरकोट नलगाडको चौखा, तल्लोबगर, बस्नेत गाउँ तथा रुकुमको मनकाबगर, त्रिवेणीलगायत स्थानमा ड्रिलिङ, माटो तथा ढुंगाखानी परीक्षणलगायत कार्य गरिरहेको छ।

२०६६ सालमा उक्त हाइड्रोपावर पहिचान भएको थियो। चार सय ८० मेघावाट क्षमताको भेरी–१ को नलगाड नगरपालिका १२ चौखास्थित तल्लो छहरामा पावर हाउस बन्ने भएको छ। यसका लागि जाजरकोट, रुकुम र डोल्पाको सीमास्थित मनकाबगरमा ६० मिटर उचाइको ड्याम बन्नेछ भने पावर हाउससम्म १५ किलोमिटर सुरुङ (टनेल) निर्माण हुनेछ। भेरी नदीमा जलाशययुक्त आयोजनाहरू निर्माणका लागि अध्ययन सुरु भएको आयोजनाका रामकाजी थापाले जानकारी दिनुभयो ।

भेरी–१ का लागि १ खर्ब लाग्ने अनुमान गरिएको छ। डीपीआर सम्पन्न भएलगत्तै भेरी–१ निर्माण चरणमा जाने र अबको १० वर्षमा विद्युत् उत्पादन हुने आयोजनाले बताएको छ । भेरी नदीमा जलविद्युत् आयोजना निर्माणका लागि स्वदेशी तथा विदेशी लगानीकर्ता आकर्षित भएका छन्।

भेरी नदीमा जलविद्युत् आयोजना निर्माणका लागि स्वदेशी तथा विदेशी लगानीकर्ता आकर्षित भएका छन्। भेरी नदीमा खेर गइरहेको पानीबाट विद्युत् उत्पादन गर्न सके कर्णाली प्रदेशको विकास र समृद्धि हुनेछ। स्रोत र साधनका हिसाबले धनी रहेको यस प्रदेशमा जलविद्युत् उत्पादनका लागि सरकारी तथा निजी लगानी वृद्धि गर्नुपर्ने प्रदेशसभा सदस्य गणेसप्रसाद सिंहले भनाई छ ।

‘नलगाड हाइड्रो पावर, छेडागाड जलविद्युत –१, भेरी–२, भेरी–३, भेरी–४ लगायत जलविद्युत् आयोजना निर्माणपछि जाजरकोट मात्र नभई समग्र कर्णालीकै मुहार बदलिने छ’, उहाँले भन्नुभयो । भेरी नदीमा पाँच हजार र सानी, भेरी भेरीमा दुई हजार मेघावाट जलविद्युत् उत्पादन क्षमता रहेको नलगाड जलविद्युत आयोजनाका ईन्जिनियर पदम थापाले बताउनुभयो ।





error: Content is protected !!