नेपालगञ्जबाट जाजरकोट , डोल्पाका नागरिकको उद्धार

जाजरकोट , नेपालगञ्जमा अलपत्र परेको जाजरकोटका ४० जना र डोल्पाका ११० जना सर्वसाधारणको उद्धार गरिएको छ ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तका अनुसार डोल्पाका नागरिकलाई वसमा राखेर डोल्पाका लागि पठाएको छ । जाजरकोटका नागरिकहरुलाई पनि वसमा सम्वन्धित ठाउँमा पुर्याएको छ ।

उद्धार गरिएका सवै सर्वसाधारणलाई फेल्फ क्वारेन्टाईनमा राखिने छ प्रजिअ पन्तले जानकारी दिनुभयो । प्रजिअ पन्तले भन्नुभयो , “सर्वसाधारण अलपत्र परेको खवर पाए लगत्तै उद्धार गरी सम्वन्धित ठाउँमा पुर्याएको छ , प्रदेशसभा सदस्य गणेसप्रसाद सिंह लगायतको पहलमा उद्धार गरिएको छ । ”





error: Content is protected !!