रिपिटर टावर नहुँदा डोल्पामा सञ्चार सेवा समस्या


हेमन्त केसी
काठमाडौँ , ६ पुस ः नेपाल टेलिकमको रिपिटर टावर कम हँुदा डोल्पाका बिभिन्न ठाउँमा सञ्चार सेवा अवरुद्ध हुँने गरेको छ ।
जिल्लामा रहेका १३ वटा टावर मध्य छ ठाउँमा रहेका टावर कोरियान सेटेलाईट बाट जोडिएका छन् भने बाँकी पाँच ठाउँमा रहेका माईक्रोवभमा जोडेर सञ्चालन भएका छ । जिल्लाको मौरे , रसीको लेखमा रिपिटर टावर रहेको नेपाल टेलिकम डोल्पाका प्राविधिक नवराज भट्राईले बताउनुभयो । कोरियान सेटेलाईट बाट जोडिएका टावरबाट एक पटकमा १६जना व्यक्तिले मात्रफोन गर्न मिल्ने उहाँले जानकारी दिनुभयो ।
माईक्रोवभमा नजोडिएका कारण डोल्पाका अधिकांश स्थानीयवासीहरु सञ्चार सेवा सहज रुपमा प्रयोग गर्न पाएका छैन्न । उपल्लो डोल्पाको सहरतारामा कोरियान सेटेलाईट विस्थापित गरेर माईक्रो वभमाबाट चल्ने टावर जोड्ने काम सुरु भएपनि अहिले हिमापात जारी रहेकाले दुुइमहिना देखि काम सुरु गर्न नसकिएको भट्टाईले जानकारी दिनभयोे ।
जिल्लामा दुुईमात्र रिपिटर टावर हुँदा सवै ठाउँमा रहेका टावरमा लिङ्क जोड्न समस्या भएको छ । रिपिटर टावर कमभएकै कारण जिल्लामा महिना पिच्छे टावरमा समस्या आउने गरेको हो । जिल्लाका सवै टावरलाई माईक्रो वभमा जोडेर सञ्चालन गरेमा मात्र यहाँको सञ्चार सेवा प्रभावकारी हुँने टेलिकमले जनाएको छ । सेटेलाईटबाट एक पटक १६ जनाले फोन गर्न मिल्ने र ईन्टरनेट चलाउदा भारी महंगो हुँने गर्दछ ।
महंगो तथा कम गती भएका कारण दैनिक फोन गर्न मोवाईलमै पालो कुर्नुपर्ने अवस्था आएको स्थानीयवासीहरु बताउँछन् । डोल्पामा नयाँ २ टावरको निर्माण कार्य समेत जारी रहेको बताएको छ। टेलिफोन सेवा प्रभावकारी नहुदा काम गर्न समस्या भएको प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले जानकारी दिनुभयो ।
मुडेकेचुला गाउँपालिकामा नयाँ टावर थपेर काम सुरु भएको छ । अहिले भारी हिमपात हुँने भएकाले टावरमा बढी समस्या आएको टेलिकमले जानकारी दिएको छ । सवै ठाउँका टावर माईक्रो वभमा जोड्का लागि रिपिटर टावर थप्नुपर्ने टेलिकमले जनाएको छ ।






