नगरपालिकाको ट्याक्टरले ठक्करबाट परियारको मृत्यु

जाजरकोट , भेरी नगरपालिका – ११ मा मोटरसाईकलमा र ट्याक्टर ठोकिदा एक जनाको मृत्यु भएको छ ।

सल्यानको सल्लीवजारबाट भेरी नगरपालिका –१ घरतर्फ भे ८ प ८१५९ नम्वरको मोटरसाईकलमा आईरहेका ३६ वर्षीय जीतसिंह परियारलाई रुकुम पश्चिम आठविसकोट नगरपालिकाबाट नेपालगञ्ज जाँदै गरेको रा १ द १४ नम्वरको आठविसकोट नगरपालिकाको ट्याक्टरले ठक्कर दिएको थियो । घाइते भएका परियारको चौरजहारी स्थित मेसिन अस्पतालमा उपचार गर्दा ,गदै आज ४ वजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएस्पी श्यामबहादुर खत्रीले जानकारी दिनुभयो ।

यहाँ नेपाल कम्युष्टि पार्टी ( नेकपा) जाजरकोटका जिल्ला कमिटीका सदस्य हुँनुहुन्थ्यो । नगरपालिकाको ट्याक्टर र चालक आठविसकोट नगरपालिका – ११ राडीका सुरज कामीलाई नियन्त्रणमा लिएको खत्रीले बताउनुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!