डोल्पो महोत्सव तथा क्रिष्टल माउन्टेनको बारेमा सरोकारवाला सँग अन्तरक्रिय

डोल्पा ः डोल्पाको सदरमुकाम दुनैमा डोल्पो महोत्सव तथा क्रिष्टल माउन्टेनको बारेमा सरोकारवाला सँग अन्तरक्रिय गरिएको छ ।
अन्तरक्रियामा पुर्व शान्ति मन्त्री सत्य पहाडी , नेकपाका कर्णाली प्रदेश अध्यक्ष गोरख बोगटी , जिल्ला समन्वय समितिका संयोजक शेरबहादुर बुढा, प्रहरी प्रमुख अवदेश विष्ट , कर्णाली प्रदेश सभा सदस्य बीरबहादुर शाही , पदमी बोहोरा आदिको सहभागीता रहेको थियो ।
अन्तरक्रिया कार्यक्रममा सहभागीले विद्यालयको रजतजयन्ती र डोल्पो महोत्सव फरक भएकाले एकै ठाउँमा गाभ्न नहुँने कुरामा जोड दिएका थिए । सुरक्षा , स्वास्थ्य , पद मार्गको विषयमा व्यापक जानकारी गराउनु पर्ने सहभागीले जोड दिएका थिए ।










