मन्त्रीद्धारा जिल्लाको उत्कृष्ट विद्यालयको अनुगमण

डोल्पा , जिल्लाको नमुना विद्यालयको रुपमा परिचय बनाउन सफल डोल्पाको सरस्वती माध्यमिक विद्यालयको अनुमगण तथा निरिक्षण गरिएको छ ।
पुर्व शान्ति तथा पुन निर्माण मन्त्री सत्य पहाडी लगाएतका नेताहरुले सो विद्यालयको निरीक्षण गर्नुभएको हो । विद्यालयका प्रधानाध्यापक सत्यनारायण सिंहले विद्यालयको शैक्षिक अवस्था , शैक्षिक सामग्री र प्रविधिक धारको पढाईका विषयमा सहभागीलाई जानकारी गराउनुभएको थियो । जिल्लाको नमुना रहेको विद्यालयमा विद्यार्थीको चाप भएका कारण कक्षा कोठा व्यवस्थापनमा समस्य भएको उहाँले बताउनुभयो ।
कक्षा कोठा व्यवस्थापन र विद्यालयको रिणका विषयमा समेत छलफल भएको छ । मन्त्री पहाडीले सो रिण व्यवस्थापका लागि सहयोग गर्ने बताउनुभयो ।










