डोल्पामा पर्यटक भित्र्याउन हवाई मार्ग थपिँदै

हेमन्त केसी
हेमन्त केसी

डोल्पा ः प्रकृती र जडीवुटीको हर्व रुपमा स्थापित डोल्पामा पर्यटक लाई भित्र्याउन सहजता लागि हवाई रुट थप गर्न लागिएको छ ।
अहिले उडान भदै आएको नेपालगन्ज र सुर्खेतबाट मात्र पर्यटकहरु डोल्पा आउँन समस्य भएको भन्दै अव थप पोखराबाट डोल्पा आउनका लागि रुट थप्न लागिएको हो । पोखराबाट नेपालगन्ज हुँदै डोल्पा आउँदा रुट लामो भएका कारण पर्यटकको यात्रामा समस्य भएको भन्दै सहजता लागि पोखराको रुट प्रयोग गर्न पलह थालिएको पुर्व शान्ति तथा पुर्ण निर्माण मन्त्री एवं प्रतिनिधीसभा सदस्य सत्य पहाडीले बताउनुभयो ।
अहिले नेपालगन्ज बाट जाजरकोट हुँदै स्थल मार्गबाट डोल्पा आउँन सकिने भएपनि बीच , बीचमा यात्रा गर्दा सास्ती भोग्नु परेकोले पर्यटकहरु डोल्पा आउँन कम ईच्छा देखाएको उहाँले बताउनुभयो । डोल्पामा यो अघेलेल्लो आर्थिक वर्षमा मात्र २ हजार ८ सय ६० जनाले पर्यटकले डोल्पाको भ्रमण गरेको पाईएको छ । त्यो भन्दा आन्तरिक पर्यटकको सङ्ख्य अत्यन्तै कम रहेको छ । विदेशीले मात्र डोल्पाको बढी भ्रमण गरेको अभिलेखमा उल्लेख छ ।
डोल्पाको पर्यटन क्षेत्रलाई थप विकास गरी शे फोक्सुण्डो ताल , उपल्लो डोल्पाको क्रिष्टल हिमाल , आदिम कालका गुम्वा लगाएको संरक्षण गरि जिल्लालाई पर्यटन मार्गको रुपमा स्थापित गर्न सकिने नेपाल कम्यूनिष्ट पाटी ( नेकपा) डोल्पाका ईञ्चार्ज हंसबहादुर शाहीले बताउनुभयो । आसन्न भदौ २४ –२८ मा हुँन लागेको डोल्पो महोत्सव तथा क्रिष्टल माउन्टेनको कार्यक्रमलाई सफल बनाउनका लागि स्थानीय सरकार समेत सक्रिय भएर लाग्नुपर्ने नेकपाका कर्णाली प्रदेश अध्यक्ष गोरखबहादुर बोगटीले बताउनुभयो ।
डोल्पामा त्रिपुरासुन्दरी , शे फोक्सुण्डो , शे गुम्वा, धो त्राव वस्ती ( अग्लो बस्ती) मरिम्ला नाँका , ठाँगेपाटन , मागमारा पाटन , रुप पाटन , गुम्वातारा स्थित गुम्वाहरु , भिजेर , कु गाउँ संरक्षण गर्नुपर्ने देखिन्छ । त्यस्तै समुन्द्री सतहबाट १५२५ मिटर देखि ७ हजार ६ सय २५ मिटरको उचाई रहेका डोल्पाको खस तथा मष्टो संस्कृती , तराली संस्कृती, डोल्पो संस्कृती, बुद्ध धर्म, खस भाषा, काईके भाषा (विश्वमा कत्तै नवोलिने भाषा), डोल्पो भाषा (पाईकेभाषा)शे गोम्पा, पुथा हिमाल, कान्जिरोवा, धवलागिरी, मुकोट डाँफेसेल , नोर्वुगाङ्ग , शे शिखर, चुरेनहिमाल , फोक्सुण्डो झरना यहाँका महत्वुर्ण भाषा तथा हिमालहरु हुँन् ।
त्यस्तै धार्मीक स्थलहरुमा शे रिवो , कुलापासाङ, बुद्धरिवो ,पावरी, लगाएतका हजारौ वर्ष पुराना धार्मीक स्मारकहरु शे गुम्वा , साम्लिङ्गबोन , रिवोभुम्वा ,गगर लाभ्राङ्ग , बोनछोवा, याङ्गजेर प्रचारप्रसार गर्नु मुख्य मुद्धा बनेको छ । यार्सागुम्वा लगाएका मुल्यवान जडीबुटी डोल्पाका मुख्य आम्दानीका स्रोत हुँन् । मनोरम तथा धार्मीक स्थलको पर्यटन प्रर्वद्धन गरी पर्यटकलाई भित्र्याउन सके डोल्पाको विकासमा थप टेवा पुग्ने डोल्पाका प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले बताउनुभयो ।
प्रकृती अनुपम नमुना र जडीवुटीको हर्वको रुपमा स्थापित डोल्पामा यात्रा गर्नका लागि आन्तरिक रुटहरु , पथमार्ग , निर्माण तथा प्रयाप्त जानकारी भएमा संमृद्ध डोल्पा निर्माणका लागि थप टेवा पुग्ने छ । डोल्पाको विषयमा प्रयाप्त प्रचार , प्रसार नहुँदा यहाँका महत्वपुर्ण कार्यहरु तथा तिर्थस्थल अनि धार्मीक स्थलको जर्गेनाका साथै विश्व मासु चिनाउने सकिने प्रदेशसभा सदस्य बीरबहादुर शाहीले बताउनुभयो । पैसाको खोलो मात्र बगाएर डोल्पाको विकास नहुँने भन्दै प्रदेशसभा सदस्य बीरबहादुर शाहीले निश्चित योजनाका साथै प्रभावलाई ध्यान दिनुपर्ने बताउनुभयो ।
दर्जनौ तिर्थस्थल र हिमाल रहेको डोल्पामा समुचित प्रयोग नहुँदा प्रचुर सम्भावना हुँदा , हुँदै पनि आझेलमा परेको भन्दै नागरिक समाजका अगुवा शेर बुढाले दुख व्यक्त गर्नुभयो ।





error: Content is protected !!