वर्षायामका रोगहरु र बच्ने ११ तरिका

वर्षायामको सुरुवातसँगै विभिन्न किसिमका रोगको प्रकोप बढ्छ। विशेषगरी विभिन्न खाना, पानी तथा कीटजन्य रोगहरू प्रमुख कारण हुने गर्दछन्। यस्ता रोगहरूको प्रकोप बढ्नुको पछाडि विभिन्न कारण रहेका छन्।

वर्षाको सुरुवातसँगै पानीका स्रोत मानिस तथा जनावरहरूको मलमूत्रबाट दुषित हुने गर्दछन्। सतही पानी मूलहरू, जमिनको पानी ९इनारर पानी ट्यांकी वर्षाको भेलको कारण मानिस तथा जनावरहरूको मलमूत्र मिसिएर दुषित हुनपुग्छन्। मानिसले जनावरहरूको मलमूत्र मिसिएको पानी पिउन उपयुक्त हुँदैन। यस्तो पानीको प्रयोग खानको लागि अथवा खाना बनाउनको लागि प्रयोग गरिएमा विभिन्न किसिमका व्याक्टेरिया, प्रोटोजोवा, भाइरस तथा अन्य जिवाणु शरीरमा प्रवेश पाउँछन् र प्रतिकूल अवस्थामा फैलिने र रोगहरू फैलाउने गर्दछन्।

पानीको स्रोतमा जाँच गर्दा कोलिफोर्म ब्याक्टेरिया भेटिएमा उक्त पानी पिउनको लागि तथा खाना बनाउन उचित हुँदैन। पानीमा इकोली ब्याक्टेरिया देखिएमा उक्त पानी मानिसको दिसा मिसिएर दुषित छ भन्ने बुझिन्छ।

१०० एमएल पानीमा पानी कोलिफोर्म ब्याक्टेरिया नदेखिएमा उक्त पानी पिउनको लागि सुरक्षित छ भन्ने बुझिन्छ।

पुरानो पाइपबाट आउने पानीमा पनि कतै प्वाल परेर वा जोडिएको ठाउँमा गडबढी भएमा, मानिस तथा जनावरहरूको मलमूत्रबाट दुषित पानी धारामा आउने हुन सक्छ। दुषित पानीको कारणले धेरै किसिमका झाडा, बान्ता, ज्वँरो, जन्डिस आदि रोगहरूका किटाणु फैलिने गर्दछन्।

यस समयमा गर्मी तथा अरु प्रतिकूल अवस्थाका कारणले भण्डारण गरिएका बासी खानेकुरामा विभिन्न किसिमका ब्याक्टेरियाको बृद्धि हुन्छ र तिनीहरूले निकालेको टक्सिनको कारण फुड पोइजनिङ हुन सक्दछ। वर्षायाम सँगै झिंगा माखाको विकास तथा संख्या बढ्न थाल्दछ। यिनीहरू विभिन्न किसिमका फोहर मलमूत्रमा बस्ने र मानिसहरुले खाना बनाउँदा, खाना खान तयार पारिएको खाना तथा पानीमा आएर बस्दा रोगका किटाणु खानामा सारिदिन्छन् र खाना तथा पानी दुषित बनाइदिन्छन्। उक्त खाना पानीको सेवनले झाडा, बान्ता, ज्वँरो, जन्डिसजन्य रोग लाग्ने गर्दछ।

दुषित खाना पानीको प्रयोगले टाइफाइड, सिगेला, सल्मोनेलोसिस, जिअर्डिया, अमोएबिअसिस, हेपाटाइसिस, भाइरल पखाला, टकसिनले गर्ने फुड पोइजनिङ आदि जस्ता रोग लाग्न सक्छ।

वर्षायामसँगै विभिन्न किसिमका कीटजन्य रोगहरूको प्रकोप बढ्ने गर्दछ। जस्तैस् लामखुट्टे, मैइट्स, भुसुना आदिको फस्टाउन पुग्छ। विशेष गरेर लामखुट्टे, भुसुनाहरूको विकासको लागि चाहिने तापक्रम, हुमिडति उत्तम हुन पुग्छ। साथै प्रजनन तथा अण्डा पारी बच्चा बनाउने उत्तम वातावरण बर्खाको पानीले तयार पार्छ।

त्यसैले लामखुट्टेबाट सर्ने रोगहरू– मलेरिया फिलेरिया जा। एनसेफालाइटिस आदिको प्रकोप बढ्न सक्छ। साथै भुसुनाबाट सर्ने कालाजारको संक्रमण बढ्न सक्छ। पानीको प्रभाव कम भएपछि विभिन्न किसिमले जमेर बस्ने पानीमा बिशेष गरेर बर्खाको अन्तिममा जमेको पानीमा फूल पार्ने र फैलिने लामखुट्टेको अर्को प्रकारको घनत्व बढ्न थाल्दछ। यसले डेंगु, चिकेनगुनिया रोगका विषाणु सार्ने काम गर्दछ। यो लामखुट्टेले एकैपटक धेरै मानिसलाई टोक्ने हुनाले यस्ता रोगहरूको प्रकोप महामारीका रुपमा आउन सक्दछ।

साथै दुषित पानीमा जलक्रिडा गर्दा, पौडिँदा, काम गर्दा पनि विभिन्न किसिमका परजिबी तथा ब्याक्टेरिया शरीरमा प्रवेश गर्न सक्छन्। जसले ज्वँरो, जन्डिस, मेनिन्जाइटिस जस्ता रोगहरू ल्याउन सक्छन्।

बच्ने तरिका
१ पानी राम्रोसँग उमालेर पिउने। ९कम्तिमा १ मिनेटसम्म भकभकी उम्लिएको हुनुपर्छ०
२ सधैं खाना बनाउनु भन्दा अगाडि, खाना खानु अगाडि, दिसारपिसाब तथा अन्य काम गरिसकेपछि साबुन पानीले हात धुने।
३ पानीको मुहान वरिपरि तारजाली लगाउने र पानी दुषित हुन नदिन खुला दिसापिसाब गर्न तथा गाइभैंसी आउन नदिने।
४ सढेगलेका बासी तथा काँचो खाने कुरा, बजारमा माखा भन्कीको खाने कुरार क्यान मा राखेको खानार माछा राम्ररी स्टोर नभएको भेटिएमा नखाने।
५ खाना पकाएर मात्र खाने।
६ फलफूल सफा पानीले सफा गरेर सेवन गर्ने ।
७ सतही तथा जमिनको पानीको शुद्धता सम्बन्धित निकाएमा गएर चेक गराएर मात्र खाना बनाउन वा खान प्रयोग गर्ने। साथै दुषित देखिएमा क्लोरिनको प्रयोग गरी शुद्ध बनाइ प्रयोग गर्ने।
८ अति नै आवश्यक परेको बेलामा वा ट्रेकिङ वा हाइकिङमा जादा क्लोरिन तब्लेट वा झोलले पानी शुद्ध बनाएर खाने।
९ कीटजन्य रोगबाट बच्न घर वरिपरि सरसफाइ गर्ने।
१० लामखुट्टेले फूल पार्ने ठाउँ तथा पानी जम्मा हुने ठाउँ जस्तै– टाएर, सिसी, बोत्तल आदि हटाउने।
११ लामखुट्टे तथा अन्य कीटबाट जोगिन लामो बाहुलावाला कपडा लगाउने। शरीर ढाक्ने, अनावश्यक साँझ राति बाहिर नजाने। जानै परे लामखुट्टे भगाउने क्रिम लगाउने, झूलको प्रयोग गर्ने, घरभित्र कीटनासक झोल छर्ने, जम्मा भएको पानीमा लामखुट्टेको लार्भा खाने माछा पाल्ने,पानीको स्रोत ढाक्ने।
फोहोर पानीमा अनावश्यक जल क्रिडा, पौडी खेल्ने काम नगर्ने।




सम्बन्धित समाचार


error: Content is protected !!