हेलिकोप्टरबाट बैंकको सामग्री ढुवानी

डोल्पा , ः यातायातको पहुँच नभएको उपल्लो डोल्पामा हेलिकोप्टर मार्फत बैंकको सामग्री ढुवानी गरिएको छ । सामग्री मुल्य भन्दा ढुवानीको मुल्य बढी परेको प्रभु बैंकले बताएको छ । शे फोक्सुण्डो गाउँपालिकाको प्रशासकीय केन्द्र सालताङ प्रभु बैंकको शाखा विस्तार गर्न हेलिकोप्टर प्रयोग गरिएको हो ।
सुर्खेतबाट , जुफाल विमानस्थल र जुफालबाट सालताङ पुर्याएको हो । सहज रुपमा यातायातका साधनमा ढुवानी गर्ने काम नभएपछि हेलिकोप्टर प्रयोग गरिएको हो । सामग्रीको मुल्य भन्दा ढुवानीको मुल्य बढी लाग्दा दैकिन डोल्पामा ढुवानीको समस्य हुँदै आएको छ । कर्णाली प्रदेश सरकारले डोल्पा मुड्केचुला गाउँपालिका – १ काशिलखोलामा राहत वितरण गर्न समेत हेलिकोप्टरको प्रयोग भएको थियो । त्यस्तै डोल्पामा अहिले सम्म ५ वटा सुत्केरी हेलिकोप्टर मार्फत उद्धार गरी सुर्खेत लगिएको छ । डोल्पाका अधिकांश काम लाखै खर्च गरेर हवाई मार्ग मार्फत काम हुँने गरेको छ ।
उपल्लो डोल्पामा गरिने अधिकांश विकास निर्माणका काम देखि अनुगमणमा समेत हेलिकोप्टरको प्रयोग गरेर हुँने गरेका छन् । विकास निर्माणमा प्रयोग हुँने सामग्री समेत हेलिकोप्टर मार्फत नै ढुवानी हुँदै आएको छ । बर्षेनी करोडौ रकम हेलिकोप्टर , जहाज मार्फत ढुवानीमा खर्च हुँने गरेको छ ।










