विप्लवको भूमिगत सञ्जाल

काठमाडौं ः नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको सञ्जाल भूमिगत शैलीमा चलेको छ। सरकारले प्रतिबन्ध लगाए पनि समूहले भूमिगत शैलीमा केन्द्रदेखि स्थानीय तहसम्म संरचना विस्तार गरेको छ। अन्य राजनीतिक दलजस्तो विधानका आधारमा निश्चित समयका लागि एकैखाले संरचना बनाउनुभन्दा परिस्थिति ख्याल गर्दै विप्लव समूहले आन्तरिक संरचना बनाउने र भत्काउने गर्दै आएको छ।

२८ फागुनमा सरकारले प्रतिबन्ध लगाउनुअघि एउटा संरचनामा चलेको विप्लव समूह अहिले अलग संरचनाका आधारमा चलेको छ। ‘समयानुकूल समूह संरचना हेरफेर गरी अनुकूलताका आधारमा संगठन निर्माण गरी हामी अगाडि बढिरहेका छौं’, विप्लव समूहका एक केन्द्रीय सदस्यले भने, ‘प्रतिबन्धपछि पार्टीले केही संरचना हेरफेर गरेको छ।’ उनका अनुसार देशभित्र ४ वटा कमान्ड, १२ वटा ब्युरोमार्फत समूहको गतिविधि चलेको छ।

समूहको माथिल्लो निकायमा ५ सदस्यीय स्थायी समिति छ। यो केन्द्रीय समिति रोल्पाको थवाङमा २०७३ फागुनमा सम्पन्न आठौं महाधिवेशनले चयन गरेको हो। ‘केन्द्रीय समितिको संख्या केही घटेको छ। केही नेता कार्यकर्ताले यस बीचमा समूह छोडेपछि जिम्मेवारी हेरफेर भएको हो’, ती नेताले भने।

सरकारले प्रतिबन्ध लगाउनुअघि १६ वटा ब्युरो थियो। तर सरकारी प्रतिबन्धपछि ब्युरो इन्चार्ज रहेका केही नेता निष्क्रिय र केही नेता पक्राउ परेपछि चैतको स्थायी समिति बैठकबाट ब्युरो संरचनामा हेरफेर गरेको हो। त्यसबेलाका मध्यकमान्ड इन्चार्ज हेमन्तप्रकाश वली ९सुदर्शन० पक्राउ परेपछि बसेको स्थायी समिति बैठकले समूहको संरचनामा हेरफेर गर्दै युद्धकालीन संरचना निर्माण गरेको हो।

१६ बाट ४ वटा ब्युरोलाई अन्य ब्युरोमा गाभेर विप्लव समूहले १२ वटा ब्युरो बनाएको छ। यो संरचना गोप्य छ। प्रतिबन्धित समूहका कतिपय नेता–कार्यकर्तालाई देशभरका आन्तरिक संरचनाका विषयमा जानकारीसमेत छैन। ५ सदस्यीय स्थायी समितिमध्ये १ जना स्थायी समिति सदस्य हेमन्तप्रकाश वली ९सुर्दशन० जेलमा छन्। अन्य ४ नेतामध्ये महासचिव विप्लवले सिंगो पार्टीको कमान्ड गरेका छन् भने अन्य तीन नेताले क्षेत्रीय कमान्डको जिम्मेवारी सम्हालेका छन्।

केन्द्रीय तहमै नेतृत्व ९समूह महासचिव०, स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समिति गरी चार तहको संरचना छ। त्यसपछि कमान्ड, कमान्डअन्तर्गत ब्युरो र ब्युरोअन्तर्गत जिल्ला कमिटी रहने गरी संरचना बनाइएको छ। विगतमा माओवादीले जस्तै युद्धकालीन संरचना बनाएर विप्लव समूहले गतिविधि अगाडि बढाएको छ।

पूर्वी कमान्डमा सन्तोष बुढामगर ९विषम०, मध्यकमान्डमा प्रवक्ताको जिम्मेवारीमा समेत रहेका खडकबहादुर विश्वकर्मा ९प्रकाण्ड०, मध्यपश्चिम कमान्डमा चन्द्रबहादुर चन्द ९वीरजंग० र पश्चिम कमान्डमा धर्मेन्द्र बास्तोला ९कञ्चन० ले जिम्मेवारी पाएका छन्। यीमध्ये बुढा, विश्वकर्मा र बास्तोला समूह स्थायी समिति सदस्य हुन्। चन्द भने पोलिटब्युरो सदस्य हुन्। उनी महासचिव विप्लवका दाजु हुन्। यसअगाडि उनी लुम्बिनी ब्युरो इन्चार्ज थिए।

प्रत्येक कमान्डमा तीन–तीन वटा ब्युरो रहने गरी संरचना बनाइएको छ। पूर्वी कमान्डअन्तर्गत मेची–कोसी ब्युरो, सगरमाथा र जनकपुर ब्युरो छन्। मेची–कोसीमा अनु ९उमा भुजेल०, सगरमाथामा अधिकार ९दीपेश राई० र जनकपुरमा सन्देश ९सन्देश पौडेल० इन्चार्ज छन्। भुजेल पोलिटब्युरो सदस्य हुन् भने राई र पौडेल केन्द्रीय सदस्य।

प्रतिबन्धअघिसम्म विप्लव समूहले मेची–कोसीलाई अलग–अलग ब्युरो बनाएको थियो। कोसीका किरण राई ९निसान० र मेचीका सुमन लिम्बू ९पाथाङवा० दुवै निष्क्रिय भएपछि विप्लवले दुवै ब्युरोलाई एउटै बनाएर पोलिटब्युरो सदस्य भुजेललाई जिम्मा दिएको हो।

मध्य कमान्डअन्तर्गत तीनवटा ब्युरो छन। ताम्सालिङ ब्युरोमा आधार ९मोहलाल चन्द०, उपत्यका ब्युरोमा प्रज्ज्वल ९माइला लामा० र नारायणी ब्युरोमा मिलन ९चेतबहादुर पुन० ले जिम्मेवारी पाएका छन्। यीमध्ये लामा पोलिटब्युरो सदस्य हुन्। यसअघि पूर्वी र पश्चिम ताम्सालिङ गरी यो कमान्डमा पनि चार वटा ब्युरो थिए। कमान्ड इन्चार्ज हेमन्तप्रकाश वली थिए। तर वलीसहित पूर्वी ताम्सालिङ ब्युरो इन्चार्ज वसन्त श्रेष्ठ ९प्रज्ज्वलन० प्रक्राउ परेपछि संरचनामा फेरबदल गर्दै तीन वटा ब्युरो र कमान्डको जिम्मेवारी प्रकाण्डले पाएका हुन्।

मध्यपश्चिम कमान्डमा रहेका तीन वटा ब्युरोअन्तर्गत गण्डक ब्युरोमा आस्था ९सावित्री दुरा०, धौलागिरी ब्युरोमा विप्लव ९ध्रुव घिमिरे० र राप्ती ब्युरोमा सुवास ९केशबहादुर बाँठा० ले जिम्मेवारी पाएका छन्। यो कमान्डअन्तर्गत तीनवटै ब्युरोका इन्चार्ज पार्टीका केन्द्रीय सदस्य हुन्। यो कमान्डमा पहिले लुम्बिनी ब्युरो पनि थियो। तर ब्युरोलाई गण्डक र धौलागिरीमा मिसाइएको छ भने त्यसबेला लुम्बिनी ब्युरो इन्चार्ज वीरजंगलाई अहिले कमान्डकै जिम्मेवारी मिलेको छ।

पश्चिम कमान्डअन्तर्गतका सेती–महाकाली ब्युरोमा निर्वाण ९ओमप्रकाश पुन०, भेरी ब्युरोमा शीतल ९बलबहादुर वली० र कर्णाली ब्युरोमा एटम बीसी ९खम्ब बुढा० ले जिम्मेवारी पाएका छन्। यसमध्ये पुन पोलिटब्युरो सदस्य हुन् भने वली र बुढा केन्द्रीय सदस्य। कमाड इन्चार्ज रहेका बास्तोला अन्तर्राष्ट्रिय विभागको जिम्मेवारीमा पनि छन्।

कुन ब्युरोमा कुनकुन जिल्ला रु

पूर्वी कमान्डअन्तर्गतको मेची–कोसी ब्युरोमा झापा, इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा गरी ९ जिल्ला छन्। सगरमाथा ब्युरोमा उदयपुर, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलखुम्बु गरी ५ जिल्ला र जनकपुर ब्युरोमा धनुषा, महोत्तरी, सर्लाही, सप्तरी, सिरहा गरी ५ जिल्ला छन्।

मध्य कमान्डअन्तर्गत ताम्सालिङ ब्युरोमा काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, दोलखा, उपत्यका ब्युरोमा काठमाडौं, ललितपुर र भक्तपुरसहित धादिङ, नुवाकोट र रसुवा गरी ६ जिल्ला, नारायणी ब्युरोमा बारा, पर्सा, रौतहट, चितवन र मकवानपुर गरी ५ जिल्ला छन्। मध्यपश्चिम कमान्डअन्तर्गत गण्डक ब्युरोमा गोरखा, कास्की, लमजुड, तनहुँ, मनाड, कपिलवस्तु, नवलपरासी, नवलपुर, रूपन्देही, अर्घाखाँची गरी १० जिल्ला, धौलागिरी ब्युरोमा गुल्मी, पाल्पा, बागलुड, म्याग्दी, पर्वत र मुस्ताङ गरी ६ जिल्ला र राप्ती ब्युरोमा दाङ, प्युठान, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम र सल्यान गरी ६ जिल्ला छन्।

पश्चिम कमान्डअन्तर्गत भेरी ब्युरोमा बाँके, बर्दिया, दैलेख, जाजरकोट र सुर्खेत गरी ५ जिल्ला, कर्णाली ब्युरोमा डोल्पा, हुम्ला, कालिकोट, मुगु र जुम्ला गरी ५ जिल्ला र सेती–महाकाली ब्युरोमा अछाम, बझाङ, बाजुरा, डोटी, कैलाली, बैतडी, डडेलधुरा, दार्चुला र कञ्चनपुर गरी ९ जिल्ला छन्।

महासचिव विप्लवको नेतृत्वमा छुट्टै सैन्य विभाग पनि छ। यो विभागमा उदयबहादुर चलाउनेलगायत नेता छन्। प्रकाशन हेर्ने जिम्मेवारी पोलिटब्युरो सदस्य अनिल शर्मालाई दिइएको छ। प्रतिबन्ध अगाडिसम्म शर्मा पूर्वी कमान्डको जिम्मेवारीमा थिए। अन्नपुर्णमा खवर छ ।




सम्बन्धित समाचार


error: Content is protected !!