पुर्व शान्ति मन्त्रीद्धारा औषधी हस्तान्तरण

डोल्पा ः पुर्व शान्ति तथा पुर्ण निर्माण मन्त्री सत्य पहाडीले डोल्पाको जिल्ला अस्पतालमा औषधी हस्तान्तरण गर्नुभएको छ । उहाँले टाईफाईडबाट ग्रस्त विरामीलाई सघाउन पुर्याउनका लागि औषधी हस्तान्तरण गर्नुभएको हो।
टाईफाईडबाट डोल्पा अस्पतालमा दुई हप्ता देखि भारी विरामी आएको र औषधी समस्य भन्ने समाचार बढेर उहाँले औषधी र स्वास्थ्यकर्मी लिएर डोल्पा पुग्नुभएको थियो । विरामीलाई राहत होस भनि केही औषधी हिजो नै हस्तान्तरण गरिएको छ । उहाँले डोल्पा अस्पातलको अनुगमण समेत गर्नुभएको छ ।










