सेनाले बनायो विद्यालयमा खानेपानी

सुकमाया थापा
डोल्पा ः नेपाली सेनाले डोल्पाको दुनै स्थित सरस्ती माध्यमिक विद्यालयमा खानेपानी निर्माण गरेको छ ।
५ सय भन्दा बढी विद्यार्थी भएको उक्त विद्यालयमा खानेपानीको अभावमा समस्य झेल्दै आएका विद्यार्थीहरुले ढुक्क सँग खानेपानी आएका छन् ।
इश्वरी गुल्म दुनै र भगवती गुल्म सुलिगाडले आफुले निर्माण गरेका बालमैत्री खानेपानी धारा सरस्वती मावि दुनैलाइ हस्तान्तरण गरेको हो ।
विद्यालयमा खानेपानी आएपछि निकै खुसी भएकोे सरस्वती मावि दुनैका प्रध्यानाध्यापक सत्यनारायण सिंहले जानकारी दिनु भयो ।










