८८ प्रतिशत मुद्धा डोल्पा अदालतद्धारा फछौंट

डोल्पा । यहाँको जिल्ला अदालत डोल्पाले ८८ प्रतिशत मुद्धा फछौँट भएको बताएको छ ।

आर्थिक वर्ष २०७५÷ ७६ मा ४४ मुद्धा फछौँट गर्ने लक्ष्य राखिएको भएपनि ३९ वटा विभिन्न प्रकृतीका मुद्धा किनारा लागेको जिल्ला अदालतले जनाएको छ । जम्म ६५ .६३ वटा मुद्धा दत्र्ता भएपनि यो आर्थिक वर्षमा ३९ वटा मुद्धा मात्र फैसला भएको अदालतले जनाएको छ ।
२६ वटा मुद्धा अर्को आर्थिक वर्षका लागि सरेको अदालतले जनाएको छ । अघेल्लो आर्थिक वर्षका जिम्मेवारी सरेका आएका १२ मुद्धा रहेका थिए भने ५३ वटा नयाँ दत्र्ता भएका थिए । बालबालिका सम्वन्धी परेको १ वटा मुद्धा किरारा लागेको छ । त्यस्तै महिला पक्ष भएका मुद्धाको संख्य २२ मध्य ६ वटा किरारा लागेका छन् भने अर्को वर्षका लागि १६ सरेका छन् । जेष्ठ नागरिकको मुद्धा नै नपरेको अदालतले जनाएको छ ।
थुनुवा १३ मुद्धामा ९ किराना लागेका छन् भने ४ बाँकी रहेको जनाएको छ । दण्ड ,जरिमाना ३१ प्रतिशत रहेको अदालतले जनाएको छ । हिउँद् याममा अदालतका न्यायधिश विदामा बस्ने र अन्य समयमा मात्र न्याय सम्पादनका काम हुँने गरेका छन् । सथानीय न्यायिक समितिको अहिले सम्म काम नै हुँन नसकेको अदालतले जनाएको छ । सुकमाया थापा




सम्बन्धित समाचार


error: Content is protected !!