औषधी , राहत सामग्री र स्वास्थ्यकर्मी लिएर पुर्व शान्ति मन्त्री पहाडी डोल्पामा 

हेमन्त केसी 

जाजरकोट ः पुर्व शान्ति मन्त्री तथा प्रतिनिधीसभा सदस्य सत्य पहाडी औषधी, राहत सामग्री र चिकित्सको टोली लिएर डोल्पा पुग्नुभएको छ ।

 डोल्पामा दुई हप्ता देखि टाईफाइड फैलिएर समस्य भएको बेला चिकित्सक र औषधी लिएर उहाँ डोल्पा पुग्नुभएको हो । कर्णाली प्रदेशबाट पठाएको औषधी समेत नेपालगन्ज विमानस्थलमा थन्किएको थियो । सो थन्किएको औषधी समेत सांसद पहाडीले डोल्पा पुर्याउनुभएको छ ।

 त्यस्तै मुड्केचुला गाउँपालिका –१ मा पहिरोले क्षेति बनाएको ठाउँमा आवश्यक राहत सामग्री लिएर आजै त्यहाँ जाने पुर्व मन्त्री पहाडीले बताउनुभयो । उहाँ सँगै प्रदेशसभा सदस्य बीरबहादुर शाही ,पदमी बोहोरा लगाएतको समेत उपस्थिती हुँने छ ।

 प्रदेश सरकारको तर्फबाट १५ वटा पाल , ३० बोरा चामल , ३० वटा पानी खानेजग  , ३० वाल्टी, ६० पोका तेल , ३० केजी चिनी ,  ३ क्वीन्टल दाल , डेर क्वीन्टल चिउरा ,  २६ वटा कम्मल , ५०० मिटर पाईप समेत आजै मुड्केचुला –१ मा वितरण हुँने पहाडीले बताउनुभयो ।

अस्पतालको क्षमता भन्दा विरामीको संख्य बढी भएपछि जिल्ला अस्पतालको अनुममण गरी आवश्यक प्रक्रिया अगाडी बढाई उहाँले बताउनुभयो । १५ शैयाको डोल्पा अस्पतालमा अहिले समस्य हुँदै आएको छ । आउँदो साउन ३ देखि डोल्पा अस्पतालमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आयोजना र सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा वृहत शिविर सञ्चालन गरिने सिनेट सदस्य रहनुभएकी सांसद पहाडीले बताउनुभयो ।

 डोल्पा अस्पतालमा विरामीको मात्रा कम नभए सम्म र अवस्था सुधार नभए सम्म उपचार कार्य जारी रहने उहाँले बताउनुभयो । त्यस्तै भेरी करिडोरको सडक , पुल , पुलेसा आदिको निरिक्षण समेत गरिने छ ।  तस्वीर पनि उपल्व्ध छ । हेमन्त केसी




सम्बन्धित समाचार


error: Content is protected !!