निकुन्जद्धारा रु २ करोड ८९ लाख ७५ हजार ५ सय राजश्व सङकलन

डोल्पा ,  शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जले आर्थिक वर्ष २०७५÷७६ मा रु २ करोड ८९ लाख ७५ हजार ५ सय राजश्व सङकलन भएको छ ।
उच्च हिमाली भेगमा पाइने यार्चागुम्बा सङ्कलनको कत्र्ताबाट तथा अन्य सेवा सुल्क बाफत भारी मात्रामा राजश्व सङकलन भएको हो । १४ हजार ७ सय ८३ जना यार्सापाटनमा प्रवेश गरेको निकुन्जले जनाएको छ । अधिकांशले यार्सा नपाईएकाले राजश्व समेत उठाउन मुस्किल भएको बताएका छन् ।
वर्षेनी शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा ठुलो रकममा यार्चा संकलन गर्दा राजश्व उठ्ने गर्दछ । वर्षै पिच्छे राष्ट्रिय निकुञ्ज र सामुदायिक वनहरुमा सेवा शुल्क र प्रवेश शुल्कहरु ठुलो रकममा उठ्ने गरेपनि विकासी कामका लागि लगानी भने शुन्य रहेको डोल्पा बासि स्थानीयहरुको गुनासो रहेको छ ।
सुकमाया थापा





error: Content is protected !!