नीर कुमार राईको स्मृतिमा जाजरकोटमा श्रद्धान्जलीसभा

जाजरकोट,प्रहरीद्वारा हत्या गरिएका नेपाल कम्युनिस्ट पार्टीका सगरमाथा ब्युरो सदस्य निरकुमार राई प्रशान्तको स्मृतिमा जाजरकोटमा श्रद्धान्जलीसभा गरिएको छ ।
नेकपा जाजरकोट इञ्चार्ज प्रेमप्रकाश ओली (धमिल)ले दिएकोे जानकारी अनुसार आइतबार एरिया नं २ मा श्रदान्जलि कार्यक्रम सम्पन्न गरिएको हो ।
एरिया न २ सेक्रेटरी नवीनले सञ्चालन जिल्ला सेक्रेटरी राजकुमार राईको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला ईञ्चार्ज क प्रेम प्रकाश ओली प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा बोल्दै इञ्चार्ज वलिले देशमा राज्यले ब्यत्ति हत्या गर्दै जाने हो भने बदला लिने चेतावनि दिए। कार्यक्रममा संबोधन गर्दै वलिले आम जनतालाइ प्रतिरोध गर्न आग्रह समेत गरे ।
असार २५ गते भोजपुर सदरमुकाममा बसेका परिवारलाई भेटन गएको बेला प्रहरीले नेकपाका नेता राइलाई नियन्त्रणमा लिएर हत्या गरेको थियो ।
असार ५ गते नक्कली भिडन्तको नाममा प्रहरीले सर्लाहीमा नेकपाका सर्लाही ईञ्चार्ज कुमार पौडेललाई हत्या गरेको ठिक २० दिनपछि प्रहरीले नेकपाका अर्का नेता सगरमाथा ब्युरो सदस्य तथा ओखलढुंगा सेक्रेटरी राईको हत्या गरेको हो ।










