तीन वटा वडाको खानेपानी, पुल पहिरोले बगायो

हेमन्त केसी
प्यारी (जाजरकोट) जाजरकोट सँग सिमाना जोडिएको डोल्पाको मुड्केचुला गाउँपालिका –१ काशिल खोलामा आएको बाढीले भारी क्षेति गरेको छ । पहिरोले ४ वटा खानेपानी योजना बगाउँदा तीन वटा वडाका स्थानीयहरु खानेपानीबाट वन्चित भएका छन् ।
अविरल वर्षासँगै आएको पहिरो र बाढीले खोलामा रहेका पानीका ट्यांकीहरु बगाउँदा वडा १ , २ र ३ का झण्डै २ सय घर धुरी खानेपानी सेवाबाट वन्चित भएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले बताउनुभयो । खानेपानीको पाईप र ट्याङकी बगाएपछि अहिले स्थानीयवासीहरु खानेपानी विहिन भएको उहाँले बताउनुभयो ।

करोड बराबरको लागनीमा निर्माण गरिएका खानेपानीका योजनाहरु बगाउँदा स्थानीयहरु दुषित पानी पिउन बाध्य हुँनुपरेको छ । काशिल खोला नै तीन वटा वडाका गाउँमा खानेपानी ल्याउने मुख्य मुहान रहेको थियो । त्यस्तै पहिरोले २ वटा काठेपुल र १ वटा फलामको वेलीवृज बगाउँदा आवतजावतमा समेत समस्य भएको छ ।
घोडेटो बाटो समेत भेरी मुड्केचुला र जगदुलाबाट आउने खोलामा मिसिएका कारण आवतजावतमा समस्य भएको स्थानीयवासी दीर्घबहादुर शाहीले जानकारी दिनुभयो । अहिले त्रिवेणी हुँदा देशका बिभिन्न ठाउँमा जाने बाटो समेत अवरुद्ध भएको उहाँको भनाई छ । त्यस्तै पहिरोमा परी हराएका ९ जनाको लास अझै फेला पर्न सकेको छैन् ।

सदरमुकामबाट आएको प्रमुख जिल्ला अधिकारी लगाएका सुरक्षा अधिकारीको टिम सदरमुकाम फर्कने तयारीमा रहेको अध्यक्ष शाहीले बताउनुभयो । त्यस्तै काशिल खोलामा रहेको १५ भन्दा बढी पानी घट्ट बगाउँदा आज देखि कुटानी , पिसानीको काम समेत ठप्प भएको छ ।

पानीको सहायताले चलाउँदै आएका घट्टहरु खोलामा आएको बाढीले बगाएपछि अहिले ३ वटा वडाका स्थानीयहरु घट्ट विहिन अवस्थामा पुगेको स्थानीयबासी भानुभक्त बोहोराले बताउनुभयो ।

करिव ५० मिटर लामो पहिरोले ४ वटा घरको नाम, निसानै नरहनेगरी बगाएको छ । पुर्ण निर्माणका लागि गाउँपालिकाको वजेटले नपुग्ने भएकाले केन्द्र सरकार र प्रदेश सरकारले जोड दिनुपर्ने गाउँपालिकाका अध्यक्ष शाहीले बताउनुभयो । क्षेती व्यापक भएकाले केन्द्र सरकारले विशेष सहायता गर्नुपर्ने सांसद सत्य पहाडीले माग गर्नुभयो ।

मृतकका आफन्तलाई क्षेतिपुर्ती र राहतको व्यवस्था गर्न उहाँले माग गर्नुभएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!