दुई जनाको सव फेला , अन्य ९ अझैँ वेपता

हेमन्त केसी

जाजरकोट ,  जाजरकोटको नलगाड नगरपालिका –१३ सँग सिमाना जोडिएको डोल्पाको मुड्केचुला गाउँपालिका–१ काशिल खोलामा शनिबार दिउँसो गएको पहिरोले मृत्यु हुँनेको संख्य २ पुगेको छ भने अझै ९ जना बेपता रहेका छन् । खराव मौसमका कारण खोजीकार्यमा समस्य भएको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो ।
शनिवार दिउँसो साढे २ गएको ५० मिटर माथी बाट आइको पहिरोले झण्डै १५ भन्दा बढी घर जोखिममा परेका छन् । पहिरोका कारण काशिल लघु जलविद्युत आयोजनाको पाइपलाइन बगाएपछि विद्युत सेवा अवरुद्ध भएको छ । जिल्ला सदरमुकामबाट झण्डै ४५ कोष टाढाको दुरीको रहेको काशिल स्थित बस्तीमा सदरमुकामबाट गएको सुरक्षा अधिकारी लगाएतको टोली आईतवार बिहान मात्र पुगेको थियो । टेलिफोन सेवा उपलवध नभएको सो ठाउँमा अग्ला डाडाँमा गएर मात्र सम्पर्क गर्न बाध्य भएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो ।
अहिले सम्म ४३ वर्षीय धर्मराज बोहोरो र चन्द्राकुमारी सार्कीको मात्र सव फेला परेको छ । माथी गाउँ र तल मुड्केचुला नदीको कटानका कारण अहिले वस्ती नै जोखिममा परेको अध्यक्ष शाहीले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय र ईल स्थित प्रहरी चौकीमा सामान्य सम्पर्क भएपनि पहिरो गएको ठाउँबाट सिधा सम्पर्क गर्न समस्य भएको उहाँले बताउनुभयो ।
अध्यक्ष शाहीका अनुसार बाढीमा परी बेपत्ता हुनेमा वडा नम्बर १ का १२ वर्षीया धनरुपा बोहोरा, १२ वर्षीया सरिका बोहोरा, वर्षीया बृहपति बोहोरा, १३ वर्षीया सुना सार्की, २३ वर्षीय पञ्चे सार्की, २३ वर्षीया साउनी बिक र रंगी बोहोरा, कालीबहादुर बोहोरा, लभकुमार रोकाय र नाम नखुलेको एकजना बच्चासहित ९ जना हुँन सक्ने आकलन गरिएको छ । घट्टमा अन्न पिस्न गएका बालबालिकाहरु पहिरोमा परेका थिए ।
सदरमुकाम दुनैबाट प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरी र प्रहरी नायब उपरीक्षक अभदेश विष्टको नेतृत्वमा नेपाली सेना, प्रहरी र सशत्र प्रहरीको ३५ जनाको टोली शनिबार बेलुकी नै घटनास्थल गएको भएपनि आज बिहान मात्र पुगेको उहाँले बताउनुभयो । दुनैबाट घटनास्थल पुग्न एक दिन लाग्छ। बाढीले १५ वटा पानीघट्ट बगाएको छ ।
घटना स्थलमा उद्धार र व्यवस्थापनका लागि मौसम सुधार हुँन वितिकै हेलिकप्टर लिएर थप सहयोग गर्न लागिएको पुर्व शान्ति मन्त्री तथा प्रतिनिधीसभा सदस्य सत्य पहाडीले बताउनुभयो । जाजरकोट नलगाड नगरपालिकाबाट नजिक पर्ने सो स्थानमा फोन सेवा उपलव्ध छैन ।
सडक सञ्जाल सँग नजोडिएको उक्त ठाउँ निकै जटिल भुगोल र चटानले बनेको छ । चट्टानको बीचमा घोडेटो बाटो निर्माण गरी मुड्केचुला गाउँपालिका र जगदुला गाउँपालिका जाने गरिन्छ ।
–––




सम्बन्धित समाचार


error: Content is protected !!