दुई गाउँपालिका बीच सिमा विवाद , वोर्ड फालाफाल

जाजरकोट , ः जाजरकोट र सुर्खेतको सिमा क्षेत्रमा पर्ने छेडाचौरमा सिमा विवाद उत्पन्न भएको छ । सुर्खेतको सिम्ता गाउँपालिका र जाजरकोटको शिवालय गाउँपालिका बीच सिमा विवाद देखिएको हो ।

आज सिम्ता गाउँपालिकाका अध्यक्ष कवेन्द्रकुमार केसी लगाएतको टिम आएर छेडाचौरमा आफ्नो वोर्ड टाँसेर गए लगत्तै जाजरकोट शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाही  टिम आएर पुर्ण सिम्ता गाउँपालिकाले राखेको साईन वोर्ड उलेखेर फाँकी आफ्नो गाउँपालिकाको बोर्ड राखेको प्रहरीले बताएको छ । जाजरकोटको शिवालय गाउँपालिका १ र सुर्खेतको सिम्ताको वडा १ बीचमा छेडाचौरलाई आ आफ्नो दावी गरेपछि विवाद उत्पन्न भई सिमा क्षेत्रमा राखिएको वोर्ड फालापाल अवस्थामा पुगेको हो ।
शिवालय गाउँपालिकाका प्रशासकीय अधिकृत धनीराम शर्माका अनुसार सर्वोच्च अदालतले जाजरकोटको पक्षमा पहिले नै फैसला गरिसेकेकोले विवाद गर्न जरुरी नभएको बताए । सर्वोच्च अदालतले छेडाचौरको खोला देखि पारी पश्चिम क्षेत्रमा सुर्खेत र पुर्वमा जाजरकोट भनी प्रमाणित गरिसकेकाले पुरानो घाउँ बल्झिरहेको उनले बताए ।

पहिले समाधान भएको विषय अहिले स्थानीय सरकार गठन पछि पुर्ण बल्झिएको स्थानीयले बताएका छन् । उत्ता सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुँन सकेन । प्रशासकीय अधिकृत जनक हमालले सिमा क्षेत्रमा विवाद भएकाले दुवै पक्ष एक आपसमा वैठक वसेर छलफलबाट समाधान खोज्ने मोडमा पुगेको बताए । विवाद भएको ठाउँमा अहिले तनाव कम गर्नका लागि सहमती , सहकार्य र छलफल नै उत्तम माध्यम भएकाले छिटै निष्र्कसमा पुगिने उनले बताए ।
हेमन्त केसी




सम्बन्धित समाचार


error: Content is protected !!