कांग्रेसका जिल्ला सभापतिद्वारा शिक्षकमाथि हातपात

हुम्ला ः हुम्लामा नेपाली कांग्रेसका जिल्ला सभापतिले शिक्षकमाथि हातपात गरेका छन् । शिक्षा विकास तथा समन्वय इकाईमा रहेका शिक्षक काली बहादुर छत्याललाई सभापति जयपति रोकायाले हातपात गरेका हुन् ।
शिक्षक सरुवाको सिफारिस जबरजस्ती बदर गर्न भनेपछि नमान्दा आफूमाथि हातपात भएको शिक्षक छत्यालले जानकारी दिए । उनले भने, ुहाम्रो मान्छेलाई किन सरुवा गरेको भन्दै हातपात गर्नु भयो ।ु
कांग्रेसका जिल्ला सभापति रोकायाले भने सामान्य विवाद भएको बताएका छन् । सामान्य विवाद मात्रै भएको तर हातपात नगरेको उनको भनाइ छ । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले शिक्षक छत्याल जिल्ला प्रशासनमा पुगेर आइतबार उजुरी दिने बताए ।










