कारागार कर्मचारी ,सुरक्षाकर्मी देखि स्थानीयमा पखाला

नन्दा शाही
जाजरकोट , जाजरकोट कारागारका कैदीवन्दी तथा कर्मचारी र सुरक्षाकर्मी पखालाका कारण समस्य भएको छ ।
फोहोर पानी सेवनका कारण पखालाका संक्रमण देखिएको हो ।
मंगलबार देखि अहिले सम्म ७ जना सुरक्षाकर्मीलाई पखाला , १२ जना कैदीवन्दी र अन्य कर्मचारीमा समेत पखालको संक्रमण देखिएको जेलर तेजविक्रम शाहले बताउनुभयो । यता जाजरकोट अस्पतालमा पखालका बिरामी दैनिक ४० भन्दा बढी आउँदा उपचार गर्ने ठाउँको अभावमा समस्य भएको अस्पताल प्रशासनले जनाएको छ ।
सदरमुकाममा रहेको वृहत खानेपानी सञ्चालनमा आएपछि पखालाका विरामी बढेको अस्पतालले जनाएको छ । पानीको जाँच गर्ने काम भएको र ७२ घण्टा पछि खास नमुना परीक्षण कार्य सम्पन्न हुँने डाक्टर केशर कार्कीले बताउनुभयो । अहिले प्रारम्भक चरणको परीक्षणले पानी फोहोर भएको देखिएको उहाँले बताउनुभयो ।
परीक्षण वृहत खोपानी आयोजना र पुरानो आयोजनाको अलग ,अलग जाँच भईरहेको छ । बिरामीको चाप बढेका कारण उपचार गर्ने ठाउँकै अभाव रहेको डाक्टर कार्कीले बताउनुभयो ।
विरामीको सङ्ख्य दैनिक यसरी बढ्ने हो भने ५ दिन सम्मालाई मात्र पुग्ने औषधी रहेको फार्मेसी शाखाले जनाएको छ ।










