चरेस नष्ट गदै सुरक्षा प्रमुख र जनप्रतिनिधी

जाजरकोट , दैनिक सुरक्षा र जनताको काममा सदरमुकाममा बसेर काम गरेर समय खर्चीने गरेको सुरक्षा अधिकारीहरु एक वर्ष यता गाउँ , गाउँमा पुगेर बिभिन्न खालका अभियान चलाउने गरेका छन् ।
कुशे गाउँपालिको–६ थर्पु भार्मा प्रहरी चौकी स्थापना गर्न गएका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत , डिएस्पी श्याम खत्री र गाउँपालिकाका अध्यक्ष हरीचन्द्र बस्नेत लगाएतको टोली टोलीले डेढ रोपनी जग्गामा लगाएको चरेस खेती नष्ट गरेको छ । जिल्लाका सुरक्षा अधिकारी आफै उपस्थित भएर यसरी आफै लागु औषधका रुपमा प्रयोग हुँने चरेसको खेतीनष्ट गरेको पहिलो घटना हो ।
अबैद्य लागु औषध चरेस खेतीलाई नष्ट गर्ने अभियान कुशे गाउँपालिकाको भार्माबाट सुरु गरेको प्रजिअ बस्नेतले बताए । कुशे गाउँपालिकाबाट सुरु गरिएको यस अभियानलाई जिल्लाको सबै स्थानीय तहका सबै वडास्तरसम्म पुर्याईने प्रजिअ बस्नेतको भनाई रहेको थियो ।
गाँजा, चरेस लगाएतका अबैद्य लागु औषधको उत्पादन, खरिद, विक्रि लगाएतको ओसार पसार गर्न नपाउने गरि नेपाल सरकारले अन्तराष्ट्रिय संन्धिमा हस्ताक्षर गरेको बताउदै उनले लागु औषध दुव्र्यसनी सम्बन्धि चेतनामुलक कार्यक्रमहरु गाउँ–गाउँमा सञ्चालन गर्दै अगाडी बड्ने अध्यक्ष बस्नेतको दावी छ ।
सरकारको नियम कानुनलाई कार्यन्वयन गराउने निकायका रुपमा सधैभरि जनताको बीचमा नेपाल प्रहरी रहेको प्रहरी नायव उपरिक्षक स्यामबहादुर खत्रीले बताए । सरकारको निर्देशनमा गाँजा, चरेस लगाएतका अबैद्य लागु औषधको कारोबार नियन्त्रण गर्न नेपाल प्रहरी लागि परेको जानकारी दिदै जिल्ला प्रहरी प्रमुख खत्रीले अबैद्य लागु औषधको कारोबार गर्नेलाई मात्र नभएर खेती गर्नेलाई पनि मुद्धा चलाउन सक्ने कानुनी व्यवस्था भएको जानकारी दिए ।
शान्ति, सुरक्षा र अमन चयन कायम गर्न जनताको पक्षमा लागि परेको नेपाल प्रहरीलाई आम नागरिकले साथ दिन खत्रीले अपिल गरेका छन् । जाजरकोटको बारेकोट गाउँपालिका , नलगाड नगरपालिका , कुशे गाउँपालिका , जुनिचाँदे गाउँपालिकामा चरेस , अफिम लगाएको खेती लुकीछिमी अत्यधिक गरिदै आएको छ ।










