अव सेना , प्रहरीका विरुद्धमा हतियार प्रयोग नहुँने ईञ्चार्ज धमिल

जाजरकोट , नलगाड नगरपालिका ६ मा विप्लव नेतृत्वको नेकपाले श्रदान्जली सभा सम्पन्न गरेको छ । स्थानीयवासी र पाटी कार्यकताको उपस्थितीमा सलाईमा प्रहरीको गोली प्रहारबाट मारिएका कुमार पौडेलको सम्झनामा श्रदान्जली सभा गरिएको नेकपाका ईञ्चार्ज प्रेम ओली ( धमिल ) ले बताए ।

नेपाल कम्युनिस्ट पार्टी का जिल्ला ईन्चार्ज प्रेम प्रकाश वलि धमिल प्रमुख अर्थिति र जिल्ला सेक्रेटरी क राजकुमार राई अध्यक्ष र सञ्चालन धबेन्द्र अनि मनतब्य एरिया नं १ का सेक्रेटरी नवीन र एरिया न २ का ईञ्चार्ज धनजित बि क ले गरेका गरेका थिए ।
नेपालमा युद्ध हैन क्रान्ति चाहिन्छ , विप्लवले जनतालाई वास्तवमै अधिकार सम्पन्न बनाउन चाहन्छन् भन्दै ईञ्चार्ज ओलीले साँचो मानवअधिकार र स्वतन्त्रता त्यहाँ मात्र हुन्छ, जहाँ सबै खाले शोषण, उत्पीडन, विभेद र अन्यायको अन्त्य हुन्छ भन्दै प्रशिक्षण मुलक भनाई राखेका थिए ।

उनले अबको क्रान्तिमा आवश्यकता अनुसार हतियारको प्रयोग त हुने नै छ तर त्यो सकेसम्म सेना र प्रहरीको विरुद्ध हुने छैन भन्दै ओलीले जनताको अधिकार प्राप्तिका लागि लडिरहने बताए ।




सम्बन्धित समाचार


error: Content is protected !!