जनप्रतिनिधी यार्सा टिप्न गएपछि वजेट आएन

हेमन्त केसी
काठमाण्डौँ , १४ असार ः डोल्पाका ८ स्थानीय तहमध्ये तीन वटा स्थानीय तहले बजेट सार्वजनिक गरेको छ । जगदुला गाउँपालिका र मुड्केचुला गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिका बाहेक अन्य ५ वटा स्थानीय तहका जनप्रतिनिधी यार्सागुम्वा संकलन गर्न गएका कारण वजेट सार्वजानिक हुँन सकेको छैन् ।

अधिकांश समय काठमाण्डौँ विताएर चैत्रमा मात्र डोल्पा पुगेका जनप्रतिनिधीहरु अहिले यार्सागुम्वाको सिजन सुरु भएपछि जेठ महिना देखि पाटनमै रहेको पाईएको छ । जनप्रतिनिधी पाटनमा भएपछि स्थानीय तहको बजेट सावैजानिक हुँन सकेको छैन् । जनप्रतिनिधी यार्सा टिप्न पाटन र गाउँपालिकाका प्रशासकीय अधिकृत , लेखापाल सदरमुकाम बस्दा समस्य भएको नागरिक अगुवा शेरबहादुर बुढाले बताउनुभयो । पटक , पटक समयमै वजेट ल्याउन अनुरोध गरिएको र यार्सागुम्वा संकलका लागि व्यवस्थापन राम्रो बनाईदिन आग्रह गरेपनि त्यो सुनुवाई नभएको डोल्पाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले बताउनुभयो । ५ स्थानीय तहले यार्सा संकलनलगायत विभिन्न कारण देखाई बजेट सार्वजनिक गर्न नसकेको नेपाल पत्रकार महासङघ डोल्पाका पुर्व अध्यक्ष विष्णुलाल बुढाले बताउनुभयो । आन्तरिक तयारी भएपनि वजेट सार्वजानिक हुँन केही समय लाग्ने छार्काताङसोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङले बताउनुभयो ।

छार्काताङसोङ गाउँपालिका , डोल्पोवुद्ध गाउँपालिका , काइके गाउँपालिका र शे–फोक्सुन्डो गाउँपालिकाका , ठुलिभेरी नगरपालिकामा बजेट सार्वजानिक हुँन सकेको छैन् । उपल्लो डोल्पामा वैंक नहुँदा अहिले लेखापाल र प्रशासकीय अधिकृत दुनैमा वसेर उपल्लो डोल्पाको विकास निर्माण भएको भन्दै भुक्तानी दिईरहेका छन् । जनप्रतिनिधीहरु यार्सागुम्वा पाटनबाट फर्कने क्रम जारी रहेको छ ।

अधिकांश समय सदरमुकाम धाउनुपर्ने र माथेल्लो डोल्पामा जनता नै नभेटिने कारणले गर्दा समस्य भएको बताउनुभयो । असार २५ सम्म वजेट सार्वजानिक गर्ने सम्भावना रहेको बताएको छ । अहिले यार्सा सिजन केही समय पछि चाईनामा व्यापार , चिसोमा तल्लो भेगमा झने समस्यले गर्दा काम गर्न कठिन भएको डोल्पोबुद्ध गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनचन्द्र धरालाले बताउनुभयो । अव तीन दिन भित्र कामको भुक्तानी गर्नुपर्ने भएकाले अध्यक्ष लगाएतका टोली दुनै आईपुग्ने उहाँले बताउनुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!