शल्यक्रिया गरेर बच्चा जन्माउँदा यस्ता सावधानी

शल्यक्रिया आफैँमा जोखिमपूर्ण अवस्था हो, जो बेहोस बनाएर गरिन्छ । चिरफार गर्नुपर्ने भएकाले घाउ पाक्ने, दुख्ने तथा अन्य संक्रमण हुने सम्भावना उत्तिकै रहन्छ । जसले गर्दा भविष्यमा घाउ फाट्ने डर पनि बढेर जान्छ । कतिपयमा हर्निया हुने डर हुन्छ ।
एकचपटक सी–सेक्सन गरेका महिलामा अर्कोपटक बच्चा जन्माउँदा समेत शल्यक्रिया गर्नुपर्ने हुन्छ । पटक–पटक शल्यक्रिया गर्दा महिलाको स्वास्थ्यमा असर पर्नुका साथै उनीहरू शारीरिक रूपमा पनि कमजोर हुने गर्छन् । त्यस्तै, अर्कोपटक गर्भवती हुँदा पहिले काटेको ठाँउको छाला फाट्ने, तन्किने र संक्रमण हुने सम्भावना बढेर जान्छ ।
आमामा मात्र नभई बच्चामा समेत यसले नकारात्मक प्रभाव पार्छ । आमाको पाठेघरबाट बाहिर निस्किन शिशुले बल गर्दा उसको शारीरिक तथा मानसिक अवस्था बलियो हुन्छ । शल्यक्रिया गर्दा यो अवस्था हुँदैन ।





error: Content is protected !!