यार्साको राजश्वका विषयमा विवाद हुँदा कर्मचारीबीच कुटाकुट

हेमन्त केसी
जाजरकोट  ः शे फोक्सुण्डो राष्ट्रिय निकुन्ज डोल्पामा कर्मचारी बीच झडप हुँदा कार्यालय प्रमुख घाईते भएका छन् । आक्रमणमा संलग्न भएको भन्दै ७ जना कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ ।

यार्सागुम्वा संकलन कत्ताबाट राजश्व उठाएर सुलिगाड कार्यालयमा फर्कीएका ७ जना कर्मचारीले सुलिगाड स्थित कार्यालयमा रहेका कार्यालय प्रमुख प्रमोदकुमार यादव लगाएत ४ जना कर्मचारी टोली माथी मधिरा सेवन गरेर आक्रमण गरेको आरोप लागेको छ । असार ८ गते बिहान सेनाको सुरक्षा सहित निकुन्जको पोष्टबाट आएका ७ जना कर्मचारीले कार्यालय प्रमुख प्रमोदकुमार यादव लाई दुनै स्थित वैँकमा रकम जम्म गर्न अनुमती मागेका भएपनि कार्यालय प्रमुखले पुरै हिसाव नहेरी जम्म नगर्न अनुरोध गरेपछि कर्मचारी र कार्यालय प्रमुख बीच विवाद बढेको हो ।

कार्यालय प्रमुखको आग्रह विपरित ७ जना कर्मचारीले निकुन्जमा उठाएको ७० लाख रकम वैँकमा जम्म गरीसकेको पाईएको छ । रकम जम्म गरी आएका ७ जना कर्मचारीलाई सुलिगाड निकुन्जको कार्यालयमा विहान ११ वजे सुरक्षाका लागि खटिएको सेनाले जाँच गर्दा थप विवाद भएको थियो । जाँच पछि शान्त रहेका कर्मचारीहरु देवेन्द्र जिसी , मनिकृष्ण पाण्डे, हरी रावल, डिल्ली सुनार , महेश्वर रावल, खगेन्द्र भण्डारी, प्रकास बुढाले बेलुकी मधिरा सेवन गरेर कार्यालय प्रमुख यादव माथी हातपात गर्नुका साथै अपशव्द बोलेर आक्रमण गरेको प्रमुख सुचना अधिकारी छत्र खड्काले बताए ।

निकुन्जबाट आएका ७ जना कर्मचारीले र कार्यालयमा रहेका कार्यालय प्रमुख प्रमोदकुमार यादव , गोपाल खनाल , छत्र खड्का, अरुण चौधरी माथी आक्रमण गरेको आरोप लागेको छ । झगडालाई नियन्त्रणमा लिनका लागि निकुन्जको सुरक्षाका लागि खटिएको सेनाले बल प्रयोग गरेर स्थीती नियन्त्रणमा लिएको बताएको छ । उत्ता ७ जना कर्मचारीले आफुहरुलाई सेनाले कुटपिट गरेको आरोप लगाएका छन् । वैँकमा रकम जम्म गरेको भन्दै आफुहरु माथी कार्यालय प्रमुखको निर्देशनमा सेनाले कुटपिट गरेको आरोप लगाएका छन् ।

अहिले कार्यालय प्रमुख माथी कुटपिट गरेको भन्दै ७ जना कर्मचारीहरु प्रहरीको नियन्त्रणमा रहेका छन् । निकुन्जले हातपातमा संलग्न कर्मचारीलाई जिल्ला प्रशासन कार्यालयमा मुद्धा दायर गरी पक्राउ गर्न लगाएको हो । पक्राउ परेका मध्य २ जनालाई आर्थिक अनियमितता गरेको भनि पटक , पटक जिल्ला प्रशाषण कार्यालयले स्पष्टीकरण सोधिएको निकुन्जले बताएको छ ।

यता पक्राउ परेका कर्मचारीलाई छुटाउनका लागि आधिकारिक टेड यूनियानले ज्ञापन पत्र वुझाउदै प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीलाई तत्काल नछोडे कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन् ।यो वर्ष डोल्पामा ३ करोड राजश्व संकलन भएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले बताए ।




सम्बन्धित समाचार


error: Content is protected !!