पर्यटन प्रवद्धनका लागि संरचना निर्माण

जाजरकोट ः पर्यटकिय धार्मीक स्थलको संरक्षण तथा प्रवद्धनका लागि जिल्लाका बिभिन्न ठाउँमा विभिन्न ठाउँमा पर्यटन पुर्वाधार निर्माण कार्यको सुरुवात गरिएको छ ।
उर्जा, कृषिलाई उच्च प्राथमिकता दिदै आएको नेपाल सरकारले पर्यटन बिकासका लागि जाजरकोटमा पनि पुर्वाधार बिकासमा जोड दिदै आएको हो ।
पर्यटन विकासका लागि यस बर्ष जिल्लाका विभिन्न गाउँ तथा नगरपालिकाहरुमा पदमार्ग, पर्यटन सडक लगाएतका अन्य भौतिक संरचनाहरु निर्माण कार्य सुरु गरिएको डिभिजन वन कार्यालय, जाजरकोटका प्रमुख महेश कुमाईले जानकारी दिएका दिनुभयो । सामुदायिक वन क्षेत्रभित्र पर्यटन प्रवद्र्धन कार्यक्रम अन्तरर्गत भेरी नगरपालिका–१ को बडालेख–झ्याकुरे टाकुरा पदमार्गको निर्माण कार्य सम्पन्न भएको कार्यालय प्रमुख कुमाईले बताउनुभयो ।
सालिमेडाडाँ सामुदायिक वन उपभोक्ता समुहद्धारा निर्माण गरिएको उक्त पदमार्गको लम्बाई २५ सय मिटर रहेको छ । एक मिटर चौडाई रहेको यस पदमार्गमा ४ सय ८० वटा सिडिहरु निर्माण गरिएका छन् ।
रु ८ लाख २५ हजार अनुदान बजेट रहेको उक्त पदमार्ग वातावरणमैत्री भएको पदमार्गको निर्माण गरिएको हो । शिवालय गाउँपालिका–७ को शिवालय–सुयाडा पर्यटन सडकको ७० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । रु ५० लाख बजेट रहेको उक्त पर्यटन सडकको चौढाई ६ मिटर रहेको छ भने, ५ किलोमिटर लम्बाई रहेको छ ।
भेरी नगरपालिका–१० पल्सेनी–बाल्यतरा–फेरा पर्यटन सडकको पनि निर्माण कार्य अगाडी बढी रहेको छ । रु २० लाख बजेट रहेको उक्त पर्यटन सडकको लम्बाई ४ किलोमिटर रहेको जनाईएको छ । यस पर्यटन सडकको ५० प्रतिशत निर्माण कार्य सम्पन्न भएको डिभिजन वन कार्यालय, जाजरकोटले जनाएको छ ।
त्यसैगरि कुशे गाउँपालिका–४ को ताँकाचौर–अर्छानी–नदहीडाब पर्यटन सडकको निर्माण कार्य भईरहेको छ । रु ५० लाख बजेट रहेको यस सडकको लम्बाई ५ किलोमिटर रहेको बताईएको छ । स्थानीयहरुको आपसी बिबादका कारण निर्माण कार्यको सुरुवातमा ढिलाई गरिएको यस पर्यटन सडकको ५० प्रतिशत निर्माण कार्य सम्पन्न भएको बताईएको छ । त्यसैगरि कुशे गाउँपालिका–७ खुर्पा, समाईला, हानिसल्ला–बारेकोट पर्यटन सडकको पनि निर्माण कार्य भईरहेको छ । रु ४० लाख बजेट रहेको उक्त पर्यटन सडकको लम्बाई झण्डै ५ किलोमिटर रहेको छ । यस सडकको निर्माण कार्य ५० प्रतिशत सम्पन्न भएको कार्यालयले जनाएको छ ।
त्यसैगरि नलगाड नगरपालिका–१३ औलगुर्ता, खेत्तमा, व्युरुपा, सिउन हुदै मुट्केचुला पर्यटन सडकको पनि निर्माण कार्य भईरहेको छ । स्थानीयहरुको आन्तरिक विवादका कारण झण्डै डेढ महिनासम्म निर्माण कार्य सुरु हुन नसकेको उक्त पर्यटन सडकको ५० लाख बजेट रहेको छ भने, उक्त बजेटबाट निर्माण गर्नु पर्ने सडकको लम्बाई ५ किलो मिटर रहेको छ । उक्त सडकको निर्माण कार्य २५प्रतिशत मात्र भएको भएता पनि असारको २०–२१ गतेसम्म सबै काम सम्पन्न भईसक्ने डिभिजन वन कार्यालय, जाजरकोटले जनाएको छ ।
त्यसैगरि जाजरकोटका संस्थापक राजा मेदेनी बर्माको भेरी नगरपालिका–११ जगतिपुरमा रहेको ऐतिहासिक दरबारको जिर्णोउद्धार कार्य सम्पन्न गर्नका लागि उपभोक्त समिति बनिसकेको डिभिजन वन कार्यालय, जाजरकोटले जनाएको छ ।










