दुई दिन देखि टेलिफोन सेवा अवरुद्ध

जाजरकोट , दुई दिन देखि टेलिफोन सेवा अवरुद्ध हुँदा डोल्पामा समस्या भएको छ । एक महिनामा ३ पटक टेलिफोन सेवा अवरुद्ध हुँदा डोल्पामा स्थानीयहरु हैरान भएका छन् । मौरे लेखमा टेलिफोन टावरमा समस्य आएको हुँन सक्ने अनुमान गरिएको छ ।
अहिले खराव भएको ठाउँमा मर्मतका लागि कर्मचारी खटाएको छ । सदरुमकाम दुनैबाट धेरै टाढा भएका कारण मर्मतमा समस्य भएको नेपाल टेलिकम डोल्पाले जनाएको छ । अहिले फोन अवरुद्ध भए सँगै डोल्पाका सवै ठाउँको सञ्चार सम्पर्क विच्छेद भएको छ ।
जिल्लाभरी कम सञ्चार पहुँच भएको डोल्पामा पटक , पटक फोन सेवा अवरुद्ध हुँदा पत्रकार , कर्मचारी , स्थानीय हैरान नभएका हुँन् ।





error: Content is protected !!