छेडागाड , शिवालय गाउँपालिकाको वजेट सार्वजानिक

जाजरकोट , १० असार ः छेडागाड नगरपालिकाले आर्थिक वर्ष २०७६ ÷०७७का लागि रु ५० करोड बजेट प्रस्ताब गरेको छ ।
मंगलबार देखि सुरु भएको छेडागाड नगरपालिकाको ६ औ नगरसभामा आर्थिक रु ५० करोड, ७९ लाख, १५ हजार बराबरको वजेट सार्वजानिक भएको छ ।
प्रशासनिक तथा चालु खर्च तर्फ रु १४ करोड ९ लाख ३ हजार ५ सय र पूँजीगत खर्चतर्फ रु १४ करोड २१ लाख ८० हजार र शर्सत अनुदान तर्फ रु १३ करोड १८ लाख वजेट उल्लेख छ ।
साथै उहाँले स्थानीय पूर्वाधारहरुको विकास र विस्तार गर्ने, उत्पादनन उत्पादकत्व बृद्वि गर्ने, कृषिको आधुनिकरण र व्यावसायिककरण र यान्त्रिकीकरण गर्ने, पर्यटन पूर्वाधारको विकास र प्रवद्वन गर्ने, नगरपालिकाका सबै वडाहरुमा सडकमार्ग विस्तार गर्ने, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई सेवाको अभिवृद्वि गर्ने लगायत बजेटका प्रमुख उद्देश्यहरु रहेका छन् ।
शिवालय गाउँपालिकाद्वारा २८ करोड बजेट प्रस्ताबित
जाजरकोट शिवालय गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि रु २८ करोड बजेट प्रस्ताबित गरको छ । गाउँसभाबाट आर्थिक बर्ष २०७६÷०७७ लागि रु २८ करोड ६३ लाख ९९ हजार बजेट प्रस्ताबित गरेको हो ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार शाहीले शिवालय कर्णाली प्रदेशमै मितब्यही गाउँपालिका बनेको भन्दै भ्रष्टाचारमा शुन्य सहनशिलतामा जोड दिनुभयो । आउदो आर्थीक वर्षका लागि पुँजिगत तर्फ रु ११ करोड ५५ लाख ३९ हजार, चालु तर्फ रु ५ करोड १० लाख ६० हजार र सर्शत अनुदान तर्फ रु १३ करोड १८ लाख वजेट उपाध्यक्ष कुमारी थापाले प्रस्तावित गरेकी छन्





error: Content is protected !!