कर्णाली प्रदेशका दश जिल्लामा कैदी सुधार्न कारागारमा पुस्तकालय


जाजरकोट , कर्णाली प्रदेशका दशै जिल्लामा रहेका कारागारहरूमा शनिवार पुस्तकालय स्थापना गरिएको छ । कर्णालीका जाजरकोट ,दैलेख, सुर्खेत, सल्यान, रुकुम पश्चिम, जुम्ला, कालिकोट, डोल्पामा आज पुस्तकालय स्थापना गरिएको छ । जाजरकोटमा प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले कार्यक्रमको उद्घाटन गनुभएको थियो ।
प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत भन्नुभयो ,“ जहाँ रबी पुग्दैन्न , त्यहाँ कवी पुग्छन् भनेझै साहित्यले विगतमा जस्तो समाजको ऐनाको मात्र काम गरे पुग्दैन, यसले अँध्यारोबाट समाजलाई उज्यालोतिर लैजान टर्चलाइटको रूपमा काम गर्नुपर्दछ , ” । प्रजिअ बस्नेतले थप्नुभयो, “ दिशाहिन समाजलाई सही दिशा देखाउने कम्पासको रूपमा काम गर्नुपर्दछ, अपराध घृणा गर्ने हो, अपराधिलाइ होइन । तसर्थ समाजमा पुन अपराध हुन नदिन व्यक्तिमा सकारात्मक भावना र मानसिकता परिवर्तन गर्ने काम पुस्तकले गर्नुपर्दछ , ” ।
उहाँले सके सृष्टि फेरौं, नसके दृष्टि फेरौं भन्दै यसको लागि कारागारमा स्थापना भएको पुस्तकालये सकारात्मक भावनाको विकास मात्र होइन , संमृद्धीको लागि मार्ग प्रशस्त समेत गरेको बताउनुभयो । कार्यक्रममा कैदीबन्दीले गीत, संगितद्धारा स्वागत गरिरहदा कारागार बन्दी गृह नभई संगिता सिक्ने थलो रुपमा विकास भएको जस्तो देखिथ्यो । कला र गलाले समाज परिवर्तनको महत्वपुर्ण योगदान र नयाँ भावनाको पैदा गर्दछ ।
।







