प्रहरीमा जागिर लगाइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

जाजरकोट ः प्रहरीमा जागिर लगाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा जाजरकोटका एक व्यक्ति पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार छेडागाड नगरपालिका–१२ निवासी ३० वर्षीय धर्मराज चनाराले एक महिलालाई प्रहरीमा जागिर लगाइदिने भन्दै पटक–पटक गरी रु ३ लाख ५० हजार ठगी गरेको आरोप लागेको छ।
पीडित पक्षबाट जाहेरी परेपछि प्रहरीले अदालतबाट पक्राउ अनुमति लिएर खोजतलास तथा अनुसन्धान थालेको थियो । छेडागाड नगरपालिका–१२ स्थित फेलापारी क्षेत्रबाट चनारालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुधिर कुमार खडकाले जानकारी दिनुभयो । पक्राउ परेका चनाराविरुद्ध ठगी मुद्दामा अनुसन्धान भइरहेको छ।








