कार्यालय सहयोगी चलाउँछन् एक्सरे

जाजरकोट,  यहाँको ५० शैयाको जिल्ला अस्पतालको एक्सरे मेसिन कार्यालय सहयोगीले चलाउने गरेको खुलेको छ ।
एक्सरे चलाउने कर्मचारी दुई हप्ता देखि विदामा बसेपछि कार्यालय सहयोगीले सो काम गदै आएका छन् । दुइ जना एक्सरे चलाउने कर्मचारी भएपनि दुवै जना एकै पटक विदामा बसेपछि कार्यालय सहयोगीको भरमा एक्सरे मेसिन चलेको खुलासा भएको छ ।
चैत २ गते देखि नै विदामा बसेका कर्मचारीहरु अहिले सम्म कार्यालयमा नफर्केको स्रोतले बताएको छ । एक्सरे जस्तो गम्भिर प्रकृतीको काम कार्यालय सहयोगीले गर्दा सेवा प्रवाह कति भरपर्दो होला सजिलै अनुमान लगाउन सकिन्छ ।
दैनिक एक्सरेका लागि गएका विरामीहरु कर्मचारी नहुँदा घण्टौ कुर्नु परेको नलगाड नगरपालिका – ८ का डम्वर केसीले बताउनुभयो । अस्पतालको सरसफाइ देखि एक्सरे सम्मको काममा कार्यालय सहयोगीलाइ लगाउँदा विरामीले निर्धारित समयमा एक्सरे सेवा लिन नपाएको गुनासो गरेका छन् ।
दुइ जनालाइ एकै पटक विदा दिनु गैरजिम्मेवारी काम भएको स्रोतले बताएको छ ।
हेमन्त केसी




सम्बन्धित समाचार


error: Content is protected !!