जनप्रतिनिधी बचाउँन कर्मचारीको सहयोग

जाजरकोट । काठमाडौंको ट्रमा सेन्टरमा उपचारत मिना पुनलाई भेरी नगरपालिकाका कर्मचारीले आर्थिक सहयोग गरेका छन् । आफ्नै घरको सिडिबाट लडेर गम्भिर घाइते भएकी भेरी नगरपालिका २ डिगाँकी पुनलाई कर्मचारीले आर्थीक सहयोग गरेका हुन् ।

आफ्नो तलवबाट एक÷एक दिन बारबार हुन आउने रकम जम्मा गरी ६८ हजार १ सय रुपैया उनको उपचारको लागि सयोग गर्ने निर्णय गरेको लेखापाल डम्बर विष्टले जानकारी दिनुभयो । नगरपालिका अन्तरगतका सवै शाखा–उपशाखमा कार्यरत ९२ जना कर्मचारीहरुले उनलाई सहयोग गरेको लेखापाल बिष्टले जानकारी दिनुभयो ।उक्त रकम पुनको बैंक खाता नं०७५०१००११९४४९३०००००१ मा जम्मा गरिने विष्टले बताउनुभयो । नगर कार्यपालिकाकी सदस्य समेत रहेकी पुन अहिले काठमाडौंको ट्रमा सेन्टरमा उपचार गराईरहेकी छिन् । सिडिबाट लडेपछि उहाँका दुवै हात भाँच्चिएका छन् । भने टाउकोमा समेत चोट लागेको छ ।नगर कार्यपालिका सदस्य समेत रहेकी उनलाई उपचारमा केही राहत होस् भनी आफुहरुले थोरै भएपनि सहयोगको सुरुवात गरेको कानुन अधिकृत प्रकाश कुमार शाहीले बताउनुभयो । ।कर्मचारीको यो निर्णयलाई नगरप्रमुख चन्द्र प्रकाश घर्तीले निकै प्रशंशा गरेका छन् । उहाँले आफ्नो तर्फबाट सवै किसिमको सहयोग जारी रहेको बताएका छन् ।

उहाँलाइ जनयूद्धकालमा रुकुमको खारा भिडन्तमा समेत घाइते हुनुभएको थियो । केही दिन देखि काठमाडौंमा उपचार गराउँदा आफुसंग भएको रकम सकिएपछि उहाँलाई उपचारमा समस्या भएको छ । मिनाको हेरचाह गरिरहेका श्रीमान दलबहादुर पुनले आफुसंग भएको रकम सकिएको बताउनुभयो ।आर्थिक अवस्था नाजुक रहेका पुनलाई यतिवेला सहयोगको खाँचो छ, उहाँका श्रीमानले सहयोग गर्न सवैलाई अपिल समेत गरेका छन् । उहाँका श्रीमान दलवहादुर पनि जनयूद्धकाल घाइते भएका हुन् ।




सम्बन्धित समाचार


error: Content is protected !!