विप्लवलाई प्रधानमन्त्री ओलीको चेतावनी–‘नेकपा होइन लुटेरा समूह हो भन्ने नाम राख’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई आफ्नो नाम लुटेरा समुह राख्न भनेका छन् । राष्ट्रिय सभागृहमा शुक्रबार आयोजित स्वतन्त्र मधेश गठबन्धनसँगको वार्ता कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले विप्लव समुहलाई कम्युनिष्ट नाम राखेर गुण्डागर्दी नगर्न आग्रह गरे ।

विप्लव नेतृत्वलाई इंकित गर्दै उनले भने, ‘आफूले पनि नेकपा भन्नु परेको छ, त्यस्ताले पनि नेकपा भनेका छन् ।’

चन्दाका नाममा मान्छे लुट्ने, विस्फोट गराउने जस्ता काम गर्ने कम्युनिष्ट हुन नसक्ने उनले बताए । प्रधानमन्त्री ओलीले भने, ‘कम्युनिष्ट पार्टीको नाम लिन बन्द गर, लुटरा समुह हो भन्ने नाम राख ।’





error: Content is protected !!