सुक्खा पहिरोले डोल्पामा विद्युत सेवा बन्द

सुकमाया थापा
डोल्पा ः जैरीगाड जलविद्युत आयोजनाको नहर भत्किएपछि डोल्पा सदरमुकाम विद्युत सेवा बन्द भएको छ । शनिबार राती देखि आयोजनाको नहर भत्किएपछि दुनै लगायत यहाँका आधा दर्जन गाउँमा विद्युत सेवा अवरुद्ध भएको छ ।

विद्युत उत्पादन गर्नका लागि ल्याइएको नहरमा सुक्खा पहिरो गएपछि गएराती देखि यहाँका रेडियो , नेपाल टेलिकमको टावर र स्थानीयलाइ समस्य भएको छ । आयोजनाबाट २०० किलोवाट विद्युत उत्पादन हुँदै आएको थियो । नहरमा पहिरो खसेपछि सदरमुकाम दुनैसहित आसपासका १ हजार २ सय घरधुरीमा विद्युत सेवा आपुर्ती बन्द भएको छ ।भिरालो पहराबाट सल्लाका रुखहरु, ठूला ढुंगाहरु खसेपछि विद्युतको नहरमा ठूलो क्षति भएकाले निर्माण गर्न निकै समय लाग्ने आयोजनाको वितरण केन्द्रले जानकारी दिएको छ। यत्ता त्रिपुरासुन्दरी नगरपालिकामा पनि विद्युत सेवा अवरुद्ध भएको छ । एक हप्ता देखि बिद्युत सेवा अवरुद्ध भएको हो । नहरमा समस्य आउँदा विद्युत बन्द भएको हो ।

पहिरोको कारण नहरमा राखिएका फलामका पाइप सबै भाँचिएका छन् भने अधिकांश पहिरोमा पूरिएका छन्। प्रमुख जिल्ला अधिकारी,वडा अध्यक्षसहितको टोलीले पहिरो गएको क्षेत्र निरीक्षण गरेको छ। पहिरोले ठूलो मात्रामा क्षति गरेकाले पुर्ननिर्माण गर्न महिना दिनभन्दा बढी लाग्ने प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिनुभयो ।
नहर निर्माण गर्नका लागि प्राविधिक स्टामेट निकालेर खर्च विवरण एकिन गरी काम सुरु गरिने आयोजनाले जनाएको छ । आज नै प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा , जनप्रतिनिधीले भत्किएको नरहेको अनुगमण गरेका छन् ।





error: Content is protected !!