महोत्सवको तयारी पुरा आपुर्ति मन्त्री यादवले महोत्सव उदघाटन गर्ने

सरु बस्नेत
रुकुम पश्चिम ः रुकुम पश्चिमको चौरजहारीमा संचालन हुन लागेको प्रथम वृहत चौरजहारी महोत्सव २०७५को तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ ।
चौरजहारी उद्योग वाणिज्य संघले आज चौरजहारीमा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको तयारी पुरा भएको वताएको हो ।
आगामी फाल्गुन ७ गते देखि १७ गते सम्म संचालन हुने महोत्सवको उदघाटन नेपाल सरकारका उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री प्रसाद मातृका यादवले गर्नुहुने छ ।
उदघाटन समारोहमा पुर्व गृहमन्त्री जनार्दन शर्मा प्रभाकर कर्णाली नेकपाका नेता योगेश भटटराई प्रदेश सभा सदस्य एवम संसद गोपाल शर्मा अनल लगाएतका विशिष्ट अतिथिहरुको उपस्थिति हुने वाणिज्य संघका अध्यक्ष प्रेम गहतराजले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।
चौरजहारी नगरपालिकाको वडा नं २ सेवा केन्द्र नजिक रहेको रंगशालामा हुने महोत्सवमा १सय २० वटा व्यापारीक स्टल राखिने महोत्सवमा करिव ३० लाख वरावरको कारोवार हुने र १० दिनको विचमा ५० हजार दर्शकले अवोलकन गर्ने अनुमान गरिएको आयोजकले वताएको छ ।
टिकट शुल्क रु १ सय रहेको महोत्सवमा अपांगता भएका व्यक्ति तथा विद्यार्थीहरुलाई शौलियतमा टिकट प्रदान गरिने वताईएको छ । महोत्सवमा महानायक राजेश हमाल , विराज भटट मेलिना राई,कुलेन्द्र विश्वकर्मा,प्रकास सपुत,प्रिति आले,शान्तिश्री परियार,भुमिका गिरी जीवन शर्मा हेमन्त शर्मा ,किरणवावु पुन,तिलक परियार,जय देवकोटा, अमित परियार पुर्ण चन्द केसी धनराज चनारा रमेशराज भटटराई र मिस्टर आरजेले आफनो प्रस्तुति देखाउने छन ।
त्यसैगरी हास्यकलाकार जिग्री पाण्डे,महादेव त्रिपाटी जादुगर,नायिका शुष्मा अधिकारी,पुजा परियार डान्सर कृति पाण्डे,सगुन थापा,र अन्जली चन्द ठकुरी आउने कोषाअध्यक्ष सन्तोष वलीले जानकारी दिनुभयो ।
महोत्सवमा स्थानिय कलाकार विजय तिरुवा,भरत वि।क,लोकेन्द्र परियार अनिता वि।क र अभि सुनारले समेत आफनो प्रस्तुति राख्ने वताईएको छ ।

आयोजकले चौरजहारीको नयाँ वजार परानो वजार वसपर्का त्रिवेणी लगाएतको ठाउँमा तुल व्यानर ध्वजा पतांगाले वजार सिंगारीएको छ । महोत्सवको कृषि प्राकृतिक सम्पदा कला संस्कृतिको संरक्षण उद्योग व्यापार संगै पर्यटन प्रवद्र्धन हाम्रो अभियान आत्मा निर्भर एकता र संवृद्ध नगरको निर्माण,चौरजहारी नगरवासिको पहिचान प्रथम वृहत चौरजहारी महोत्सव २०७५ मुलनारा राखिएको छ ।
रुकुम पश्चिमको चौरजहारीमा विभिन्न समयमा यस क्षेत्रको कला संस्कृति परम्परा रितिरिवाज व्यापार व्यावसाय कृषि पर्यटनको प्रचार प्रसारको लागी महोत्सवले थप टेवा पुरयाउने प्रवक्ता यदुकुमार आचार्य जानकारी दिनुभयो ।





error: Content is protected !!