विकासका पूर्वाधार पु¥याएर डोल्पालाई सुगम बनाइनेछ ः प्रम ओली

सुकमाया थापा
काठमाडौ ः प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका पूर्वाधार पु¥याएर डोल्पालाई सरकारले सुगम बनाउने बताएका छन् । डोल्पो समाजले आज आयोजना गरेको ल्होसार पर्वको साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुर्खेतको छिन्छु देखि डोल्पाको त्रिपुरासुन्दरीसम्मको सडकको स्तरोन्ती गरिने र डोल्पामा बाह्रै महिना यातायात सञ्चालन गरिने बताए ।
“डोल्पा मात्र होइन कर्णालीका सबै जिल्लाका विमानस्थलहरुको पनि स्तरोन्नती गरेर कर्णालीलाई सुगम बनाइनेछ ” प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले कर्णालीमा रहेको पातलो बसोबासलाई एककिृत बस्तीको रुपमा विकास गरिने बताए । “पातला बस्तीमा भौतिक सुविधा पु¥याउन सकिँदैन, त्यसैले यस्ता बस्तीलाइ स्थानान्तरण गरेर एककिृत बस्तीको रुपमा विकास गरेर सबै विद्यालय,सडक, स्वास्थ्यचौकी, यातायात,खानेपानी जस्ता आधारभुत सुबिधाहरु सबैलाई उपलब्ध गराइनेछ” ओलीले भने, “त्यसपछि कर्णालीको परिचय बदलिनेछ । कर्णाली सुगम हुनेछ ।”







