नेपाली हवाई सेवामा ईयूको प्रतिबन्ध कायमै

काठमाडौं । हवाई क्षेत्रमा नियामक निकाय र सेवा प्रदायक निकाय नछुट्टाएसम्म नेपाल युरोपेली युनियन ९ईयू०को कालोसूचीबाट नहट्ने भएको छ । विगत ७ वर्षदेखि नेपाललाई कालोसूचीमा राख्दै आएको ईयूले सो जानकारी दिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसँग गत शुक्रवार ईयूका दूत, फ्रान्सका राजदूत, नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च पदाधिकारीहरूले गरेको छलफलमा दुईओटै निकाय छुट्याउन ईयूले दबाब दिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । अन्तरराष्ट्रिय हवाइ उड्डयन संगठन ९आइकाओ० ले गत वर्ष नै नेपाललाई ‘सेफ्टी लिस्ट’बाट हटाए पनि नियामक निकाय र सेवा प्रदायक नछुट्याएको भन्दै ईयूले कालोसूचीबाट हटाएको छैन् ।

छलफलका क्रममा मन्त्री अधिकारीले नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ संशोधन गरी संरचना नै परिमार्जनको तयारीमा रहेको बताए । तर, आइकाओबाट नेपाल गम्भीर सुरक्षा चासोबाट हटिसकेको अवस्थामा ईयूलाई पनि सहयोग गर्न आग्रह गरेको मन्त्रालय स्रोतले जानकारी दियो । मन्त्री अधिकारीले नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेर काम अघि बढाइरहेको सन्दर्भमा ईयूको कालोसूचीले नकारात्मक असर पार्ने भन्दै सहयोगको लागि आग्रह गरेका थिए । जवाफमा टोलीले पनि नेपाल छिट्टै कालोसूचीबाट हटोस् भन्ने चाहना राखेको तर सेवा प्रदायक र नियामक निकाय छुट्टाउने प्रक्रिया शुरु नगर्दासम्म प्रक्रिया अघि बढाउन नसकिने बताएको थियो ।





error: Content is protected !!